SEE Result 2082

एपेक्स लाइफ स्कुलको स्रष्टा सम्मानबाट डा कृष्णहरि बराल सम्मानित

एपेक्स लाइफ स्कुल तथा भानु प्रतिष्ठानको संयुक्त आयोजनामा २०९औँ भानु जयन्तीको अवसरमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता एवम् स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार एपेक्स लाइफ स्कूलमा आयोजना गरिएको अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता एवम् स्रष्टा सम्मान कार्यक्रममा प्राडा कृष्णहरि बराललाई विशेष स्रष्टा सम्मान गरिएको हो ।

 साहित्यका विभिन्न विधामा (गीत, गजल तथा समालोचना) क्षेत्रमा निरन्तर सक्रिय भई नेपाल राष्ट्र तथा नेपाली भाषा साहित्यमा योगदान गर्न सफल अब्बल व्यक्ति  भानु प्रतिष्ठानका अध्यक्ष प्राडा वर्तराज आचार्यको सभापतित्वमा कार्यक्रम् सम्पन्न भएको छ ।

सो कार्यक्रममा साहित्यिक विधाका सर्जकहरू रामबहादुर पहाडी, मधुसुधन लामिछाने, देवी लुईटेल, ढुण्डीराज पोखरेल, महेश पौडेल, शिवराज खनाल, देवी वराल, प्रभा भट्टराई बलराम दाहाल, भैरवी भूगोल लगायतका सर्जकहरूको उपस्थिति रहेको थियो ।

सबै स्रष्टाहरुले कविता तथा गजल वाचन गरेर सुनाएका थिए । कार्यक्रमका प्रमुख अतिथि बलदेब शर्मा मज्गैँयाले भानुभक्त नेपाली भाषा र सहित्यको धरोहर रहेको बताउँदै उनको चर्चा देशमा मात्र नभएर विदेशमा पनि उक्तिकै हुने गरेको बताए । मज्गैँयाले सबै क्षेत्रमा धर्म र संस्कार हराइरहेको बेला देशको संस्कार जोगाउने जिम्मा विद्यार्थीको काधमा रहेको र एपेक्स लाइफ स्कुलले विद्यार्थी संस्कार सिकाइरहेको भन्दै खुशी व्यक्त गरे । प्राडा कृष्णहरि बरालले एपेक्स लाइफ स्कुलले विशेष स्रष्टा सम्मान गरेकोमा धन्यवाद दिँदै आफुपनि नर्सरी देखी पिएचडी कक्षा सम्मकालाई पढाएको बताउँदै विद्यार्थी र विद्यालयसँग फरक साईनो रहेको भनाई राखे ।

एपेक्स लाइफ स्कुलका संस्थापक निर्देशक सुवास न्यौपानेले भानु जयन्तिको अवसरमा एपेक्स लाइफ स्कुल तथा भानु प्रतिष्ठानको संयुक्त आयोजनामा विभिन्न कार्यक्रम आयोजना गरी सप्ताहव्यापी रुपमा मनाईरहेको जानकारी दिए । उनले भानुभक्त नेपाली साहित्यका धुब्रतारा रहेको र उनका कृतिहरु अहिले पनि नेपाली जनजिब्रोमा उत्तिकै लोकप्रिय रहेको बताउँदै चुँदी र रम्घालाई साहित्यिक तिर्थ स्थलका रुपमा विकास गरीनुपर्नेमा जोड् दिए । त्यसैगरी सो अवसरमा विभिन्न स्कूल विच आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा पाठशाला स्कूलकी शिक्षा चापगाई प्रथम हुन सफल भईन । द्वितीय भ्यली भ्यू स्कूलका परार्थ पराजुली, तितृय पाणीनी स्कूलका सिम्रन प्रसाई र सान्तोवना पुरस्कार काठमाडौं प्रज्ञा कुञ्ज स्कूलका रियाना बोगटीले प्राप्त गर्न सफल भएका थिए ।

+2 School
Counseling
Bachelors Portal