SEE Result 2082

शिक्षा ऐनको मस्यौदा तत्काल तयार गर्न समितिको ध्यानाकर्षण

शिक्षा ऐनको मस्यौदा तत्काल तयार समितिमा पेस गर्न संसद्को शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिँदै विधेयक तत्काल समितिमा पेस गर्न ध्यानाकर्षण गराएको छ ।

समितिको आजको बैठकमा सभापति जयपुरी घर्तीले मन्त्रालयको ध्यानाकर्षण गराएकी हुन् । सभापति घर्तीले चिकित्सा शिक्षाको शुल्कका विषयमा आएका समाचारका विषयमा सत्यतथ्य जाँच गरी समस्या हल गर्न मन्त्रालयलाई समितिले निर्देशन दिएको सभापति घर्तीले जानकारी दिइन् ।

 

विद्यालय शिक्षाको संरचना परिवर्तन भएसंगै कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) केन्द्रले गराउन नहुने विषयमा समेत समितिले ध्यानाकर्षण गराएको छ । बालविकासमा पढाउने ईसीडी शिक्षकले पाउनुपर्ने तलब कार्यान्वयन गर्न समेत समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिमा शिक्षा सचिव यादवप्रसाद कोइरालाले शिक्षा ऐनको मस्यौदाबारे जानकारी गराउँदै अन्तिम अवस्थामा पुगेको जानकारी दिए । संविधानले विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय तहलाई सुम्पे पनि माध्यमिक तहका शिक्षकको वृत्तिविकास केन्द्रले गर्नुपर्ने जस्ता विरोधाभासपूर्ण कुरालाई ऐनले सम्बोधन गर्नुपर्ने उनले बताए ।

शिक्षकको वृत्तिविकासको लागि निजामति कर्मचारीसरह पारदर्शी ढंगले होस् भनेर शिक्षा सेवा ऐन ल्याउन लागेको उनले जानकारी दिए ।

पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले लामो समयदेखि संघीय ऐनमा छलफल भएकाले छिटो मन्त्रिपरिषद्मा प्रस्ताव लैजान मन्त्रालयसमक्ष अनुरोध गरे । उनले शिक्षा नीति कस्तो बनाउने र राष्ट्रिय योजना आयोगसँग मिलेर दक्ष जनशक्ति प्रक्षेपणको रिपोर्ट प्रधानमन्त्रीको कार्यालयमा अड्किएकोले त्यसलाई सम्बोधन गर्न मन्त्रालयसमक्ष आग्रह गरे । सांसद विद्या भट्टराईले संघीय शिक्षा ऐन बनाउदा पुराना ऐन समीक्षा गर्नुपर्ने धारणा राखेकी थिइन् ।

+2 School
Counseling
Bachelors Portal