SEE Result 2082

आर्थिक अभावका कारण शिक्षकसंग भएको सम्झौता कार्यान्वयन भएनः मन्त्री राई

मुलुककै आर्थिक अवस्थाका कारण शिक्षकसंग गरेको सम्झौता कार्यान्वयन हुन नसकेको शिक्षा मन्त्री अशोक कुमार राईले स्वीकार गरेका छन् ।

मन्त्री राईले आयोगको २५ औं बार्षिकोत्सवलाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् । उनले शिक्षकसंग भएको सम्झौता कार्यान्वयन गर्न आर्थिक समस्या भएको बताए । ‘हामीले शिक्षकसंग सम्झौता गरेका छौं तर, कार्यान्वयन गर्न त गाँठ चाहियो,’ उनले भने,‘अनि शिक्षा मन्त्रालयले गाली खाइरहेका हुन्छौँ ।’

आफु शिक्षकको प्रशंसक भएको उनले बताए । शिक्षकहरुलाई राजनीतिक दलले बिगारेको उनले स्वीकार गर्दै उनले भने, ‘शिक्षक साथीहरूलाई बिगारेको हामीले हो, म त्यसको जिम्मेवारी लिन्छु,’उनले भने,‘आन्दोलन गरियो, गराइयो त्यो यथार्थ हो । अहिले सबै कुरा शिक्षकको टाउकोमा हालेर भाग्न मिल्दैन । परिस्थिति बदलिएको छ । अब आन्दोलन होइन, निर्माणमा लाग्नुपर्छ ।’

सम्बोधनका क्रममा उनले आयोगलाई स्वयत्त बनाउने गरी विधेयकको मौस्यौदा तयार गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले आग्रह गरेका छन् ।

‘आयोगको पहिचान शिक्षा ऐनमा समावेश हुँदा स्वायत्त हुन नसकेको गुनासो आएको हुँदा विधेयकको मस्यौदा तयार गरोस् ।’ उनले भने,‘‘स्वायत्तता सुनिस्चित गर्ने गरी कानुन बनाउन मन्त्रालय तयार छ ।’

शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले आयोगलाई लोकसेवा आयोगको जस्तै बनाएर सामुदायिक विद्यालय सुधारको जिम्मा आयोगलाई दिनु पर्ने बताइन् । उनलपे आयोगले दिएको प्रमाणप लाइसेन्स भएकासंग बालमनोविज्ञानको ज्ञान नभएको बताइन् ।‘लाइसेन्स छ तर, पढाउन जान्दैनन् । बालबालिकाको मनोविज्ञानको ज्ञान हुनुपर्छ जबसम्म शिक्षकले विद्यार्थी बुझ्न सक्दैन तब सम्म शिक्षाको विकास हुँदैन,’उनले भनिन् ‘म पनि माध्यमिक शिक्षक थिएँ । २५ वर्ष पढाएँ । त्यो बेला तालिम थियो । अहिले कतौटी भएको छ । तालिम बढाउनु पर्ने हुन्छ ।’

आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले आयोगले गर्ने काममा शंका नगर्न आग्रह गरे । आयोगले योग्य शिक्षक छनोट गर्ने मानक बनाएर काम गरेको उनले बताए ।

+2 School
Counseling
Bachelors Portal