शिक्षक अध्यापन अनुमति पत्र नै नक्कली

श्री युवा प्राथमिक विद्यालय गोइठी टिकुलिया महोत्तरीमा कार्यरत महिला शिक्षकले नक्कली शिक्षक अध्यापन अनुमति पत्रका भरमा राहात अनुदान कोटामा ९ वर्षदेखि शिक्षण गर्दै आएको पाइएको छ ।

शिक्षक पवन देवीले २०६७ असोज ६ गते देखि नियुत्ति भई २०७६ जेठ ९ गते सम्म शिक्षण गरेको पाइएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शिक्षक यादवप्रति परेको उजुरीको छानबिन हुँदा निजले नक्कली स्थायी अध्यापन अनुमति पत्रका भरमा सार्वजनिक पदको दुरुपयोग गरेको पाइएको आयोगले जानकारी दियो ।

शिक्षक यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० अनुसारको कसुर गरेको देखिएको हुँदा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सजाय हुन मागदाबी गर्दै अख्तियारले अख्यिारले विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गराएको छ ।

+2 School
Counseling
Bachelors Portal