SEE Result 2082

भएका कानुन कार्यान्वयन गर्दा डिएनए मात्र होइन परे आरएनए परीक्षण गर्न सकिन्छः शिक्षा मन्त्री

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले  शिक्षक सम्बन्धी नेपालका ऐन नियम कार्यान्वयन गर्दा खुट्टा कमाउन नहुने बताएकी छिन् ।

प्रतिनिधि सभामा मन्त्रालयको  विनियोजन  बजेट माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेक्रममा मन्त्री श्रेष्ठले सदनबाटै निर्माण भएका कानुन कार्यान्वयन गर्दा दवाव आउन नुहेन बताएकीछिन् ।

‘शिक्षकहरुलाई दलीय राजनीतिबाट टाढा राख्न नेपालको ऐन तथा कानुनमा नै व्यवस्थापन भएको कुरा कार्यान्वयन हुन लाग्दा खुट्टा कमाउन हुँदैन ।’ उनले भनिन्, ‘शिक्षा ऐन, राजर्नतिक दलसम्बन्धी ऐन लागु गर्दा डिएनए मात्र होइन आरएन पनि परीक्षण गर्नुपर्ने भए गर्नुपर्छ ।’

भएका कानुनलाई कार्यान्वयन मात्र गर्न खोजेको हो निर्देशिका बनाएर शिक्षक सरुवा पारदर्शी बनाउन खोजिएकोे हो दुःख दिन होइन उनले भनिन् । ‘शिक्षक सरुवा नीतिगत रुपमा गर्न खोजिएको हो ।’ उनले भनिन,‘शिक्षकको वृत्ति विकास गर्नु मेरो जिम्मेबारी हो, शिक्षकको तलब बढाउनु जायज कुरा हो, यसका लागि शिक्षकका लागि विशेष प्याकेज ल्याउन पहल गरेका छौं ।’

शिक्षक सम्मानित पेसा हो । शिक्षण पेसालाई आकर्षित, मर्यादित बनाउन कोशिष गरिरहेको जनले जानकारी दिइन् ।

मन्त्री श्रेष्ठले विद्यालय शिक्षा विधेयक मन्त्रीले नअड्काएको स्पष्ट पारेकीछिन् । उनले मन्त्रालयबाट सदनमार्फत विधेयक समितिमा पुगेर अड्किएको बताइन् ।

यसलाई अघि बढाउन  आफूले लिखित तथा मौखिक रुपमा अनुरोध गरेको जानकारी दिइन् ।

उनले राष्ट्रिय बोर्ड सञ्चालन गर्न निर्देशिका नभएको जानकारी गराएकी छिन् ।

शिक्षक सेवा आयोगको नियमावली अपडेट गर्नुपर्ने बताएकी छिन् । विद्यालयमा प्रधानाध्यापक सम्बन्धी काम गर्न नियमावली संशोधन गर्नुपर्नेमा उनको जोड थियो ।

+2 School
Counseling
Bachelors Portal