SEE Result 2082

पूर्वाञ्चल विश्वविद्यालयले दशौं दीक्षान्त समारोहमा सहभागीका लागि आवेदन माग

पूर्वाञ्चल विश्वविद्यालयले दशौं दीक्षान्त समारोहमा सहभागी हुन  विद्यालर्थीलाई आवेदन फाराम भर्न सूचना जारी गरेको छ । दशौं दीक्षान्त समारोहको ग्रेसलिस्टमा समावेश भएका विभिन्न व्याचमा भर्ना भई सम्बन्धीत तह उत्तीर्ण गरी २०७५ पुस १७ गतेदेखि २०७८ पुस १६ गतेसम्म ट्रान्सकृप्ट लिइसकेका विद्यार्थीहरुलाई आवेदन फाराम भर्न आग्रह गरेको हो ।

विश्वविद्यालयले दीक्षान्त समारोह आगामी माघ २३ गते आयोजना गर्ने भएको छ । सो समारोहमा कोभिड १९ का कारण यस वर्षको  स्नातक र स्नातकोत्तर तहका पदक पाउने विद्यार्थीलाई  मात्र सहभागी गराउने भएको छ । 

+2 School
Counseling
Bachelors Portal