SEE Result 2082

मानिसको तेस्रो आँखा शिक्षा

म एक्काइसौं शताब्दीको १४/१५  बर्षको किशोर  हुँ। मैले पूर्ण  तयारी  गरी एसईई परीक्षा दिन नपाएको पनि दुई महिना पुरा भयो । घरभित्रै बसेको पनि आज ७१ दिन पुगिसकेछ ।भविष्यमा ठूलो  मान्छे  बनाउने मेरा आमाबुवा, मेरो विद्यालय तथा गुरु, गुरुआमाको सपना बोकेर १२औं वसन्त विद्यालयरुपी मन्दिरमा बिताइरहदा त्यहाँ सिकेका ज्ञान र सीपलाई फलामको ढोका मानिने  एसईई परीक्षामार्फत  प्रस्फुटन गर्नुपर्ने तर आज आफ्नै घरमा बन्दीजस्तै बसिरहेको छु। बाहिरी संसार नदेखेको धेरै भयो।मेरा आमाबुवालाई मेरो उत्तिकै चिन्ता छ।

एसईईसंग हामी जस्ता कयौं  किशोर  किशोरीहरूको भविष्य जोडिएको हुन्छ । धेरै मिहिनेत गरेर उत्पादन गरेको चिज पाक्ने  बेलामा खान  नपाउँदा जस्तो पीडा हुन्छ त्यस्तै पीडा मलगायत मसँगै  एसईई दिने सम्पूर्ण साथीहरूलाई पनि भइरहेको छ।आजभन्दा भोलि भोलिभन्दा पर्सि निकै रफ्तारमा बढिरहेको कोरोना भाइरसको भय र त्रासले  हामी विद्यार्थीहरूको पढ्नेलेख्ने मनोबललाई कमजोर बनाएको अनुभूति  भएको  छ । हाम्रो  मनमा अनेकन  कुराहरू तरङगित भइरहन्छन्  । मनोबैज्ञानिक  रुपमा विक्षिप्त भएपनि स्वास्थ्य नै ठूलो हो  भन्ने मनन गरी भोलिको  सुनौलो विहानीको प्रतिक्षामा बसिरहेका छौं।

यस्तो परिस्थितिमा न त सरकार जवाफदेही देखिन्छ न त विद्यालय पनि तर मेरो विद्यालयले हामीहरूको मनोभावनालाई बुझेर यस्तो परिस्थितिमा पनि अनलाइनमार्फत कक्षा सञ्चालन गरी हाम्रो पठनपाठनलाई निरन्तरता दिनुको साथै हामीलाई हौसला र प्रेरणा  दिइरहेको छ। यही हौसला र प्रेरणाले हामीहरू मनोबैज्ञानिक रुपमा सबल भई आफ्नो पठनपाठनलाई अगाडि बढाउने आत्मबल प्राप्त  गरेका छौं।

हामीलाई यहाँसम्म ल्याउने मेरो प्यारो भ्याली पब्लिक विद्यालय तथा आदरणीय गुरु, गुरुआमाहरू प्रति कृतज्ञ छु तर मेरो देशका विकट ठाउँमा मजस्ता लाखौं साथीहरू मैले पाएको सुबिधाबाट बञ्चित छन। यो मेरा ती अबोध  मित्रहरूको दोष होइन उनीहरू पनि यहीँ देशका भविष्यका कर्णदार हुन ।

उनीहरूको भविष्य निर्माण गर्न सम्बन्धित निकायको पनि महत्त्वपूर्ण भूमिका हुन्छ।अतः  ती विद्यार्थीहरूको मनोभावनालाई बुझी उनीहरूको भविष्य निर्माणको लागि सम्बन्धित निकायहरूको ध्यानाकर्षण होस भन्ने अनुरोध गर्दछु र मजस्ता परीक्षा दिन नपाएर घरमा बन्दीको रुपमा रहेका लाखौं  मित्रहरूलाई यो विषम परिस्थितिलाई मनन गरी उच्च मनोबल बनाइ आफ्नो अध्ययनलाई निरन्तरता दिन अनुरोध गर्दछु ।

इंगित अधिकारी

भ्याली पब्लिक विद्यालय

सुन्दर बस्ती काठमाडौं

+2 School
Counseling
Bachelors Portal