SEE Result 2082

दाङ्गमा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन सुरु

घोराही, २१ असोज(रासस)ः सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण् ादिने नीति ल्याएसँगै यहाँको एउटा सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ । 

घोराही उपमहानगरपालिका –१५स्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाले शिक्षित बेरोजगार युवालाई स्वरोजगार बनाउन यस्तो खालको नीति ल्याइएको जनाएको छ । शिक्षित भएर पनि अर्थाभाव भएका र कुनै नयाँ व्यवसाय गर्न चाहने युवाका लागि ऋण दिन शुरु गरिएको संस्थाका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिनुभयो । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति संस्थाको साधारसभाले पारित गरिसकेको र कार्यान्वयनका लागि शहरी रोजगार तथा शहरी प्रवद्र्धन शाखाको अनुमोदन गराएर स्वीकृति लिएपछि कार्यान्वयनमा जाने अध्यक्ष शर्माले बताउनुभयो । 

एसइइ उत्तीर्ण भएकालाई रु २५ हजार, प्लस टु गरेकालाई रु ५० हजार, स्नातक गरेकालाई रु तीन लाख र स्नातकोत्तर गरेकालाई रु पाँच लाखसम्म कर्जा दिइने भएको छ । सोका लागि संस्थाले रु ५० लाख बजेट छुट्याइसकेको सहकारीका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

+2 School
Counseling
Bachelors Portal