SEE Result 2082

बन्दका कारण बालबालिकाको पढाइ प्रभावित

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले विभिन्न चार वाम समूहले आज आह्वान गरेको भनिएको बन्दका काण लाखौँ बालबालिकाको शिक्षा आर्जन गर्न पाउने अधिकार कुण्ठित भएको जनाएको छ । बन्दको त्रासका कारण काठमाडौँलगायतका स्थानका विद्यालय बन्द भएकामा सो अभियानले चिन्ता पनि व्यक्त गरेको छ ।

सो अभियानका अध्यक्ष राजेश शर्मा र महासचिव मीना शर्माद्वारा जारी विज्ञप्तिमा बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन् भन्ने स्थापित मान्यतालाई बेवास्ता गरेर बन्द आह्वान गरिएकामा आपत्ति जनाइएको छ । यस्ता बन्दका कार्यक्रम फिर्ता लिन र शान्तिपूर्ण क्रियाकलापबाट आफ्ना राजनीतिक मुद्दा उठाउन पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।

विद्यालय र बालबालिकामा प्रत्यक्ष असर पर्नेगरी  कुनै पनि  क्रियाकलाप नगर्न सिजपले आग्रह  समेत गरेको छ । शान्तिपूर्ण वातावरणमा शिक्षा आर्जन गर्न पाउने बालबालिकाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न सिजपले सबैसंग अनुरोध गरेको हो ।

बन्द वा त्यस किसिमका क्रियाकलापले बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन् भन्ने मान्यताको ठाडो उल्लंघन मात्रै नभइ कानुनी व्यवस्थाको अवहेलना र नेपालले गरेका अन्तर्राष्ट्रय  प्रतिबद्धताको बेवास्ता हुने सिजप प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

+2 School
Counseling
Bachelors Portal