SEE Result 2082

शिक्षा रोजगारमूलक हुनुपर्छ ः मन्त्री किरण गुरुङ

दमौली, २५ पुस (रासस) ः गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले अबको शिक्षा रोजगारमूलक हुनुपर्नेमा जोड दिनुभएको छ । 

तनहुँको भिमाद नगरपालिका–९ भानुमतिस्थित हिमालय माध्यमिक विद्यालयको ५९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उहाँले भन्नुभयो, “डिग्री पास गरेका युवा रोजगारी नपाएर विदेशिनुपरेको अवस्थाको अन्त्यका लागि अब रोजगारमूलक शिक्षामा जोड दिनुपर्छ ।” 

मन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय प्राविधिक विश्वविद्यालय स्थापना गर्न लागेको जानकारी पनि दिनुभयो । 

भिमाद नगरपालिकाका उपप्रमुख शारदा खनालले यस क्षेत्रका विद्यालयको शैक्षिक गुणस्तरका लागि नगरपालिकाले योजना बनाएको बताउनुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ शर्मा ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भिमाद नगरपालिका–९ का वडाअध्यक्ष इमान थापा, ७ का वडाअध्यक्ष बुद्धिमान श्रेष्ठ लगायतले मुलुकको विकास र समृद्धिका लागि शिक्षाको योगदानको विविध पक्षमाथि प्रकाश पार्नुभयो । 

+2 School
Counseling
Bachelors Portal