SEE Result 2082

प्राविधिकधार सञ्चालन गर्ने शैक्षिक संस्था भोलिदेखि २० गतेसम्म खुल्ने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) अन्तर्गतका सम्पूर्ण आंगिक, साझेदारी र निजी स्तरमा सञ्चालित शैक्षिक संस्थाहरु माघ १५ गतेदेखि २० गतेसम्म खुल्ने भएका छन्।

परिषदले एक सूचना जारी गर्दै कोभिड १९ को खोप लगाउने अभियान अन्तर्गत विद्यार्थीहरुलाई लगाइने खोप दिने प्रयोजनका लागि शैक्षिक संस्थाहरु खोल्ने जानकारी दियो ।

यस समयमा सबै शिक्षालयहरु खोल्न र स्थानीय तह सँगको समन्वयमा स्वास्थ्य चौकीमा सम्पर्क गरी तोकिएको उमेर समूहका सबै खोप लगाउन बाँकी विद्यार्थीहरुलाई खोप लगाउने व्यवस्था गर्न सीटीईभीटी अन्तर्गतका शैक्षिक संस्थाहरुलाई निर्देशन दिएको छ ।

साथै विद्यार्थीहरुले खोप लगाएको सूनिश्चितता गर्न र खोप लगाएको विद्यार्थीहरुको नामनामेसी सहितको विवरण अध्यावधिक गर्न समेत सबैलाई निर्देशन दिएको छ ।

+2 School
Counseling
Bachelors Portal