SEE Result 2082

भक्तपुर नगरपालिकाबाट १५१ जनालाई शैक्षिक ऋण

आर्थिक अभावका कारण उच्च शिषा लिनबाट वञ्चित हुने विद्यार्थीलाई लक्षित गरी भक्तपुर नगरपालिकाले अहिले सम्म ७५१ जना विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराएको छ ।

नगारपालिकाले चालु शैक्षिक सत्रमा नगरपालिकाले १५१ जनालाई सहुलित व्याजदरमा ऋण उपलब्ध गराएको छ ।  नगरपालिकाले शैक्षिक वर्ष २०७५–७६ बाट सहुलियतदरमा ऋण उपलब्ध गराउँदै आएको छ । भक्तपुर नगरपालिकाको चौथो नगर सभा २०७५ सालदेखि शैक्षिक ऋण दिनेसम्बन्धमा बनेको निर्देशिका निर्माण गरी ऋण दिने व्यवस्था गरेको थियो ।

नगारपालिकामा स्थायी बसोवास गर्ने विद्यार्थीलाई कार्याविधि बनाइ ऋण प्रदान गर्दै आएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले विद्यार्थीलाई नगरपालिकामार्फत पाँच लाख रुपियाँसम्म ऋण उपलब्ध गराउँदै आएको  बताए । 

अहिले सम्म ऋण लिएर उच्च शिक्षा हासिल गरेका ५१ जनाले ऋण तिरिसकेको नगरपालिकाले जानकार िदियो । नगरपालिकाका अनुसार अहिले ४५४ जना विद्यार्थी उक्त ऋण सहयतामा अध्ययनगरिरहेका छन् । नगरपालिकाले शैक्षिक ऋणमा १३ करोड ६९ लाख ५० हजार रुपियाँ  शैक्षिक कर्जा प्रवाह गरिसकेको छ ।  साँवा र ब्याज गरेर एक करोड ६४ लाख ९४ रुपियाँ फिर्ता भइसकेको  नगरपालिकाको लेखा शाखाले जानकार दियो ।

 

+2 School
Counseling
Bachelors Portal