SEE Result 2082

दुर तथा खुला सिकाइबाट शैक्षिक सत्र सञ्चालन गरिने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असोज एक गते देखि सबै बालबालिकालाई अनिर्वाय वैकल्पिक कक्षा लिन आग्रह गरेको छ । मन्त्रालयले चालु शैक्षिक सत्रको कोभिड —१९ का कारण अवरुद्ध पठनपाठनलाई निरन्तरता दिन असोज एक गते देखि सबै बालबालिकालाई विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार सहजीकरण गर्ने व्यवस्था मिलाउन तीनै तहका सरकारलाई सार्वजनिक अनुरोध गरेको छ ।

मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले गत असार एक बाट सञ्चालन गरेको वैकल्पिक सिकाइ तथा राष्ट्रिय पाठ्यक्रम प्रारुपले निर्दिष्ट गरेका उद्देश्य हासिल गर्न दुर तथा सुला सिकाइलाई नै सिकाइ सहजीकरण प्रणालीको रुपमा उपयोग गरिने मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

विद्यार्थीको पठनपाठन सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन संघ, प्रदेश र स्थानीय तहलाई सार्वजनिक अनुरोध गरेको प्रवक्ता शर्माले जानकारी दिए ।

+2 School
Counseling
Bachelors Portal