SEE Result 2082

हिसानको आठौं महाधिवेशन सम्पन्न

२०७८ दुई दिवसीय उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) नेपालको आठौं राष्ट्रिय महाधिवेशन पार्क भिलेज बुढानिलकण्ठमा सम्पन्न भएको छ ।

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटित महाधिवेशनमा नेपालमा शिक्षाको सबलीकरण र निजी क्षेत्रको योगदान विषयक प्राज्ञिक बहस समेत सम्पन्न गरेको थियो ।

उक्त प्राज्ञिक बहसमा शिक्षामन्त्री देवेन्द्र पौडेल, राज्यमन्त्री उमेश श्रेष्ठ, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापा, प्राडा. सुरेशराज शर्मा, प्राडा तीर्थ खनिया, प्राडा विद्यानाथ कोइराला, प्राडा उपेन्द्र कोइराला, डा हरी लम्साल, डा महाश्रम शर्मा, डा शान्ता दिक्षित, विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, पदाधिकारी एवम् शिक्षाविदज्यूहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।

२ दिन सम्म चलेको महाधिवेशनले सांगठनिक, आर्थिक र विधान प्रतिवेदन पारित गर्नुका साथै श्री रमेश कुमार सिलवालज्यूको नेतृत्वमा केन्द्रीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

+2 School
Counseling
Bachelors Portal