SEE Result 2082

महिलाको शिक्षा, स्वास्थ्य र सीपमा जोड दिनुपर्ने: मन्त्री नरदेवी पुन

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले महिला सशक्तीकरणका लागि महिलाको शिक्षा, स्वास्थ्य र सीप विकास गर्दै क्षमतावान बनाउन जरुरी रहेको बताउनुभएको छ ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पोखराले आयोजना गरेको ‘समृद्ध एवं मूल्यनिष्ठा समाजको लागि नारी सशक्तीकरण’ कार्यक्रममा उहाँले नैतिकवान नागरिक निर्माणका लागि ब्रह्माकुमारीको अभियानमा सामाजिक मन्त्रालय तयार भएको बताउनुभयो ।

पोखरा महानगरपालिका–११ मा रु २१ करोडको लागतमा बन्न लागेको दिव्य शान्ति अनुभूति केन्द्र स्थलमा आयोजित उक्त कार्यक्रममा शिक्षा प्रभाग, राजयोग एजुकेशन एण्ड रिसर्च फाउण्डेशनका उपाध्यक्ष राजयोगिनी ब्रह्माकुमारी शिलुले आन्तरिक शक्तिलाई विकास गर्नु नै सशक्तीकरणको सही परिभाषा भएको बताउनुभयो । 

संस्थाका नेपाल उपनिर्देशक राजयोगिनी ब्रह्कुमारी दुर्गा र पश्चिम नेपाल निर्देशक ब्रह्मकुमारी परिणिताले आध्यात्मिक शिक्षाले हरेकलाई अनुशासित बनाउन सिकाउने बताउनुभयोे ।

+2 School
Counseling
Bachelors Portal