SEE Result 2082

प्राविधिक शिक्षामा जोड

पाल्पा, ११ फागुन ९रासस : नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा एवं पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले परम्परागत शिक्षाको युग अन्त्य भएकाले वर्तमान शिक्षा प्रणाली आधुनिक र प्रविधिमैत्री हुनुपर्ने बताउनुभएको छ । पाल्पा जिल्लाकोे रैनादेवी छहरा गाउँपालिका–४ स्थित भैरव नवदीप माध्यमिक विद्यालयको ५९ औँ वार्षिकोत्सवमा नेता पाण्डेयले दक्ष जनशक्ति उत्पादन गरी समृद्ध नेपाल निर्माण गर्ने सपना पूरा गर्न प्राविधिक शिक्षाको खाँचो रहेकोे बताउनुभयो । 

प्राविधिक शिक्षाबिना देशमा दक्ष जनशक्ति उत्पादन हुन नसक्दा युवा पुस्ता विदेशिन बाध्य बनेको बताउँदै उहाँले दक्ष जनशक्ति तयार गर्न प्राविधिक शिक्षा आवश्यक रहेको बताउनुभयो । शिक्षाको गुणस्तर उच्च र नमूनायोग्य बनाउन विद्यालयले व्यावसायिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा नेता पाण्डेयको जोड रहेको थियो । 

प्रदेश सांसद वसन्त घर्तीले सो विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गरी देशकै नमूना विद्यालयका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक होमबहादुर रायमाझीले आव २०७४÷७५ को रु एक करोड ७९ लाख ७० हजार बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । स्नातकसम्मको पढाइ हुँदै आएको छ । 

+2 School
Counseling
Bachelors Portal