SEE Result 2082

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कर्मचारी घुस सहित नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहँ जिल्ला, भानु नगरपालिका कार्यक्षेत्र भई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) अन्तर्गत कार्यरत एक कर्मचारीलाई घुस रकम सहित पक्राउ गरेको छ ।

आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले सव–इन्जिनियर सुरेन्द्र अधिकारीलाई पक्राउ गरेको हो । आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत लिए १ लाख ५०हजार रुपियाँ सहित पक्राउ गरेको अयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार सव–इन्जिनियर अधिकारीले घुस लिएको पुष्टि हुन आएको हुँदा निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर भएकोले निजलाई बिगो रु. १ लाख ५० हजार रुपियाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

+2 School
Counseling
Bachelors Portal