कक्षा ११ मा विद्यार्थी भर्नाका आधारहरु

शैक्षिक सत्र २०७३/०७४ देखि उच्च माध्यमिक तहमा विद्यार्थी भर्ना सम्बन्धी संशोधित सूचना एस एल सी (SLC) परीक्षाको नतिजा अक्षरांकन पद्धति अनुसार प्राप्त गर्ने विद्यार्थीहरुका लागि उच्च माध्यमिक तहमा भर्नाका सम्बन्धमा माननीय शिक्षा मन्त्रीज्यूको अध्यक्षतामा मिति २०७३/०३/१५ गते (बिहान ७:३० बजे) बसेको उच्च माध्यमिक शिक्षा परिषद्को बैठकले शैक्षिक सत्र २०७३/०७४ देखि उच्च माध्यमिक तह (कक्षा ११) मा विद्यार्थी भर्नाका आधारहरु निम्न बमोजिम तोकेको हुनाले सोही बमोजिम मात्र गर्न गराउन सम्बन्धित सवै सरोकारवालाहरुलाई जानकारी गराइन्छ । 

साथै उच्च माध्यमिक शिक्षा परिषद्बाट सम्बन्धन प्राप्त सवै उ.मा.वि./क्याम्पसहरु तथा परिषद्का जिल्ला स्थित कार्यालयहरुले समेत यसै सूचनालाई आधार मानी सोही अनुसार गर्न/गराउन निर्णयानुसार अनुरोध गरिन्छ ।

 

कक्षा ११ को निर्धारित बिधार्थी भार्नाका आधारहरू

अक्षराङ्कन पद्धतिको कार्यान्वयन पछि कक्षा ११ मा विद्यार्थी भर्ना र रजिस्ट्रेशन सम्बन्धमा सुझाव पेश गर्न गठित समितिको प्रतिवेदन, २०७३

Degrees offered in nepal
Counseling
Bachelors Portal