SEE Result 2082

प्रवेश तयारी कक्षा र ब्रिज कोर्स २०८३ वैशाख १ देखि पूर्ण रूपमा बन्द हुने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले विद्यालय तह तथा उच्च शिक्षामा भर्ना प्रक्रिया सुरु हुनु अघि सञ्चालन हुँदै आएका प्रवेश परीक्षा तयारी (Entrance Preparation) कक्षा र ब्रिज कोर्स पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।

सिंहदरबारस्थित मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार विभिन्न संस्थाहरूले भर्ना लक्षित गरी सञ्चालन गर्दै आएका यस्ता कार्यक्रमहरूले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक प्रभाव पार्ने, शिक्षामा समतामूलक पहुँचमा बाधा पुर्‍याउने तथा विद्यार्थी र अभिभावकमा अनावश्यक आर्थिक बोझ थप्ने देखिएको छ।

यसै सन्दर्भमा, मन्त्रीस्तरबाट चैत १३, २०८२ मा गरिएको निर्णयअनुसार आगामी २०८३ साल वैशाख १ गतेदेखि यस्ता सबै कार्यक्रमहरू पूर्ण रूपमा बन्द गरिने जनाइएको छ।

मन्त्रालयले उक्त निर्णय कार्यान्वयन गर्न सम्बन्धित सबै सरोकारवालाहरूलाई निर्देशन दिएको छ। साथै, यस्ता कार्यक्रमहरू सञ्चालन भए नभएको अनुगमन गर्न र सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध गरिएको छ।

+2 School
Counseling
Bachelors Portal