SEE Result 2082

सबैले त्रिविमा नेपाली विषयमा स्नातकोत्तर गर्न पाउने

स्नातक तह उत्तीर्ण भएका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तह (एमए) मा नेपाली विषय अध्ययन गर्न पाउने भएका छन्।

स्नातकोत्तर तह अध्ययनका लागि स्नातक तहमा ऐच्छिक नेपाली नै पढेको हुनुपर्ने प्रावधान हटाउँदै त्रिवि नेपाली विषय स्थायी समिति, विद्यापरिषद् स्थायी समिति तथा प्राज्ञिक परिषद् स्थायी समितिले यस्तो निर्णय गरेको हो।

उक्त निर्णयअनुसार अब त्रिविबाट कुनै पनि विषयमा स्नातक वा सो सरह  उत्तीर्ण भएको व्यक्तिले स्नातकोत्तर तहमा नेपाली विषय पढ्न पाउने भएका त्रिवि नेपाली केन्द्रीय विभागका प्रमुख एवम् नेपाली विषय स्थायी समितिका अध्यक्ष प्राडा खगेन्द्रप्रसाद लुइटेलले बताए ।

विभाग प्रमुख लुइटेलले भने, ‘नेपाली विषय हाम्रो पहिचान हो। यसलाई सङ्कुचन गरेर सीमित मान्छेको घेरामा राख्नु हुँदैन। हिम्मत गरेर पढ्न आउँछन् भने जनसुकै विषयमा स्नातक गरेर आउने विद्यार्थीलाई पनि स्नातकोत्तर तहमा नेपाली पढ्न दिनुपर्छ। पढ्न चाहनेको अधिकार हनन गर्नु हुँदैन।’

कतिपयले स्नातकोत्तर नेपालीमा विद्यार्थी संख्या बढाउनका लागि यस्तो निर्णय गरेको भनेर आलोचना गरेका छन्। प्रा।डा। लुइटेल भने यसमा असहमत छन्। उनी भन्छन्, ‘विद्यार्थी संख्या बढाउनका लागि यस्तो निर्णय गरिएको होइन। नेपाली भाषाको विकास र उन्नयनका लागि यस्तो निर्णय गरिएको हो। अब धेरैभन्दा धेरै विद्यार्थीले नेपाली विषयमा स्नातकोत्तर पढ्न पाउनेछन्। यसबाट नेपाली भाषा झन् मजबुत हुँदै जानेछ।’

 

+2 School
Counseling
Bachelors Portal