SEE Result 2082

परीक्षा रद्द गरिएको छैनः परीक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्दै आएको कक्षा १२ को आजको परीक्षा रद्द नगरिएको बोर्डले जनाएको छ । बोर्डले भौतिक विज्ञान विषयको परीक्षा रद्द गरी आगामी १७ गते परीक्षा सञ्चालन गर्ने भन्ने भ्रामक समाचार प्रति गम्भीर ध्यानाकर्षण गर्दै परीक्षा रद्द नभएको जनाएको हो ।

केही समय अघि सामाजिक सञ्जालमा भौतिक विज्ञान विषयको सामाजिक सञ्जाल अन्तर्गतको परीक्षा केन्द्रमा परीक्षा आगावै प्रश्नपत्र बाहिरिएको हुँदा आजको परीक्षा रद्द गरी आगामी १७ गते सञ्चालन गर्ने बोर्डका नाममा सूचना केही सामाजिक सञ्जालमा प्रकाशित भएपछि बोर्डले सो सूचना प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

बोडर्का परीक्षा नियन्त्रकद्वारा आज जारी गरिएको सूचनामा सामाजिक सञ्जालमा बार्डको नाममा परीक्षा रद्द गरिएको भन्ने समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

‘आज सञ्चालित कक्षा १२ को फिजिक्स (२१०) विषयको परीक्षा रद्द गरी २०७७ साल मंसिर १७ गते पुनः सञ्चालन गरिने सम्बन्धी राष्ट्रिय परीक्षा बोर्डको नामबाट जारी भएको सूचना लगायत विभिन्न भ्रमपूर्ण छ ।’ सूचनामा भनिएको छ, ‘बोर्डको आधिकारिक बेवसाइट बाहेकका समाचार माध्यम तथा सामाजिक सञ्जालमा आउने कुनै पनि सूचना तथा समाचारको भ्रममा नपर्न हुन सबैलाई सूचित गरिन्छ ।’

+2 School
Counseling
Bachelors Portal