SEE Result 2082

वायु प्रदुषणबाट पाँच कक्षा मुनीका बालबालिकालाई जोगाउन विज्ञको सुझाव

वायु प्रदुषणका कारण स्वास्थ्यमा गम्भीर असर पर्ने हुँदा आधारभूत तह उमेर समूहका बालबालिाकलाई विशेष सुरक्षामा राख्नु पर्ने विज्ञले सुझाएका छन् ।

काठमाडौं उपत्यका लगायतका विभिन्न ठाउँमा बढेको वायु प्रदुषणका कारण बालबालिकाको स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन स्वास्थ्य समस्या देखा पर्न सक्ने संभावनालाई न्यूनीकरण गर्न विज्ञले यस्तो सुझाव दिएका हुन् ।

वातावरण प्रदुषणले विशेषगरी ससाना बालबालिकामा बढी प्रभाव पार्ने हुँँदा अभिभावक तथा सम्बन्धित विद्यालयले विशेष ध्यान पुर्याउनुपर्ने वातावरण विभागका प्रवक्ता तथा उपमहानिर्देशक ईन्दु विक्रम जोशीले बताए ।

वर्तमान समयमा अधिकारको सदुपयोग गर्नुभन्दा आवश्यक सावधानी अपनाउनु उपयुक्त हुने त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्व विभागीय प्रमुख प्रा. सुरेश राज चालिसेले बताए ।

उनले तुवाँलोले माथिल्लो श्वास नलीको संक्रमण, दम, र नाकसम्बन्धी समस्या निम्त्याउने अध्ययनले पुष्टिगरिसकेको जानकारी दिए । तुवाँलोका कारण ब्रोङकाइटिस, निमोनिया, स्वरयन्त्र सम्बन्धी समस्या, दम, आँखा दुखेर सुन्निने र एलर्जी सम्बन्धी रोग लाग्न सक्ने सन् १९९७ मा तुवाँलोले दक्षिणपूर्वी एसियाका राष्ट्रमा परेको प्रभावपछि गरिएको अध्ययनले देखाएको बताए । 

आँखा चिलाउनु, पानी बग्नु, सुन्निनु, नाकबाट पानी बग्नु, हाच्छिउँ आउनु, घाँटी पोल्नु, सुक्खा हुनु, दुख्नु, खोकी, टाउको दुखाइ, चक्कर, चिन्ता, निद्रामा कमीजस्ता समस्या तुवाँलोका क्षणिक प्रतिकूल प्रभाव हुन् भने ‘तुवाँलोमा मानव शरीरलाई हानि गर्ने विभिन्न कण हुने पीएम (पार्टिकुलेट म्याटर) रक्तसञ्चारमा मिसिएर थप समस्या निम्त्याउने वरिष्ठ छातीरोग विशेषज्ञ डा. नवीनप्रकाश शाहले बताए । यसको असर बालबालिका र वृद्धबृद्धामा छिटो र कडा तरिकाले पर्ने हुँदा विशेष सावधानी अपनाउन उनले आग्रह गरे ।

हाल मुलुकका धेरै जसो स्थानमा वायुमण्डल स्थिर अवस्थामा नै रहिरहेकाले प्रदूषणका कणहरु छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिएका कारण असामान्य प्रकारको तुवाँलो लागेको हो । देशका अधिकांश जिल्लाका धेरै स्थानमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कणहरु वायुमण्डलमा सञ्चित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको जल तथा मौसम विभागका प्रवक्ता सुमनकुमार रेग्मीले बताए ।

+2 School
Counseling
Bachelors Portal