SEE Result 2082

निमावि लाइसेन्सको फारम भर्ने म्याद थप, विषगत परीक्षाको उत्तर पुस्तिका फरकफरक पोकामा राख्नु पर्ने

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्रको अनलाइन दरखास्त फाराम भर्ने मिति थप गरेको छ ।

आयोगले सिंगल दस्तुरको अन्तिम म्याद २०७९ असार ७ गते सम्म र दोब्बर दस्तुरको अन्तिम म्याद मिति २०७९असार १४ गतेसम्म तोकिएकोमा आयोगको अनलाइन एप्लिकेसनमा समस्या आएको हुँदा दुई दिन म्याद थप गरेको हो ।

आयोगको वेब सर्वरमा असार ६ गते बिहान करिब १० बजेवाट प्राविधिक समस्या आएको हुँदा पूर्व प्रकाशित सूचना बमोजिम दरखास्त दिने उम्मेद्वारको सुविधालाई ध्यानमा राखी २०७९जेठ ९ मा प्रकाशित विज्ञापनमा तोकिएको म्यादमा २ दिन थप गरेको सूचनामा उल्लेख गरेको छ ।

उक्त थपिएको म्याद सकिएको भोलिपल्ट बैकिङ कारोवार हुने समयभित्र तोकिएको राजश्व दस्तुर रकम तोकिएको बैङ्कमा अनिवार्य रुपमा जम्मा गर्नु पर्ने आयोगले आज निर्णय गरेको छ ।

आयोगले आजै अर्को सूचना जारी गरी आयोगबाट असार ९, ११ र १३ गते सञ्चालन हुन गइरहेको माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहको खुला प्रतियोगितात्मक लिखित परीक्षा ९विषयगत० का लागि प्रश्नपत्रमा रहेका खण्ड ९क० र खण्ड ९ख० मा उत्तर अलग अलग दुई उत्तरपुस्तिकामा लेख्न निर्देशन दिएको छ ।

आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाद्वारा जारी गरिएको सूचनामा उत्तरपुस्तिकाको अग्रपृष्टमा उल्लिखित उ।पु। खण्डमा देखिने गरी जुन खण्डको उत्तर लेखेको हो सोही खण्ड जनाउन सबै उम्मेदवारहरुलाई सूचित गरेको छ ।

परीक्षा केन्द्रले समेत उत्तरपुस्तिकाको पोका बनाउँदा रोल नम्बरको क्रममा खण्ड अनुसार अलग अलग पोका वनाइ उक्त दुवै पोकालाई ठूलो पोकामा राखी आयोगमा पठाउने व्यवस्था गर्न निर्देश्न दिएको छ ।

दुबै खण्डको उत्तर एउटै उत्तरपुस्तिकामा लेखेमा वा मिसाएर लेखेमा त्यस्तो उत्तरपुस्तिका रद्द हुने ब्यहोरा समेत सूचनामा उल्लेख गरिएको छ ।

+2 School
Counseling
Bachelors Portal