SEE Result 2082

सीटीईभीटीको स्नातक तहको परीक्षा आवेदन दिने म्याद थप

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा इन इन्जिनियरिङ, फुड एन्ड डेरी टेक्नोलोजी, सूचना प्रविधि, होटल म्यानेजमेन्ट तथा सोसियल वर्क्स कार्यक्रम प्रथम वर्षको परीक्षा आवेदन भर्न म्याद थप गरेको छ ।

उक्त कार्यक्रमको प्रथम खण्ड नियमितरआशिक र विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम (दलित, मुसलमान, लोपोन्मुख जाति तथा भूकम्प प्रभावित) अन्तर्गत शैक्षिक सत्र २०७२–७५ सम्मका भर्ना भई रजिस्ट्रेसन भएका विद्यार्थीहरूले (प्रथम वर्ष प्रथम खण्ड, दोस्रो वर्ष प्रथम खण्ड र तेस्रो वर्ष प्रथम खण्डको) आंशिक परीक्षा २०७८ जेष्ठ महिनामा सञ्चालन गरिने पूर्व सूचना भए पनि कोभिड १९ को नयाँ भेरियन्टका कारण स्थगित भएको परीक्षाको म्याद थप गरेको हो ।

हाल निषेधाज्ञा खुकुलो भएको तथा सार्वजनिक सवारी साधनहरू समेत सञ्चालन हुन लागेको हुँदा उक्त परीक्षा आवेदन फाराम भर्न नियमित शुल्कका लागि यो सूचना प्रकाशित भएको मितिले १० दिनभित्र र विलम्ब शुल्कका लागि नियमित शुल्कको अन्तिम मितिपछि ७ दिनभित्र फाराम बुझाउने गरी म्याद थप गरेको हो ।

अन्य सर्तको हकमा मिति गत वैशा ६ गते प्रकाशित सूचना बमोजिम नै हुने गरी रीतपूर्वकको आवेदन फाराम बुझाई तोकिएको म्यादभित्र आ-आफ्नो परिषद्, प्रदेश कार्यालयमा परीक्षा फाराम बुझाउन पुन सूचना प्रकसित गरेको छ।

+2 School
Counseling
Bachelors Portal