SEE Result 2082

एक-तीनका पाठ्यपुस्तक छाप्न फर्म–संस्था नवीकृत तथा सूचीकृत

 

पाठ्यक्रम विकास केन्द्रले देशभरका विद्यालयमा कक्षा एकदेखि तीनसम्मका पाठ्यपुस्तक छपाइ तथा बिक्री वितरण गर्ने फर्म–संस्थाहरू नवीकरण तथा सूचीकरण गरेको छ ।

केन्द्रले विद्यालय पाठ्यपुस्तक तथा पाठ्यसामग्री छपाइ तथा वितरण निर्देशिका, २०६७ बमोजिम शैक्षिक सत्र २०७९ का लागि  पाठ्यपुस्तक छपाइ तथा वितरणका लागि संस्थाको नवीकरण गरहेको हो ।

देशभरका विद्यालयमा कक्षा एकदेखि तीनसम्मका पाठ्यपुस्तक आफ्नै लगानीमा छपाइ गरी बिक्री वितरण गर्न इच्छुक मुद्रक तथा वितरकहरूलाई प्रोफाइलसहित नवीकरण तथा नयाँ प्रस्ताव पेस गर्न यस केन्द्रबाट मिति २०७८।१०।१० गते प्रकाशित सूचनाअनुसार म्यादभित्र रितपूर्वक प्रस्ताव पेस गरेका १४ संस्थाको नवीकरण गरेको छ भने तीन संस्थालाई सूचीकरण गरेको आज प्रकाशित सूचनामा उल्लेख गरेको छ र

निर्देशिकाको परिच्छेद ११ को दफा ३५ (१) बमोजिम मिति आजका्  निर्णयानुसार नवीकरण तथा सूचीकरण गरिएको सूचनामा उल्लेख गरेको छ ।  केन्द्रले नवीकरण गरेका फर्म–रसंस्थाहरूमा लोकेन्द्र प्रिन्टिङ एन्ड पब्लिकेसन प्रालि।, नयाँमुलुक प्रकाशन प्रालि,

ग्राफिक अफसेट पिन्टर्स प्रालि, जगदम्बा पब्लिकेसन प्रालि, समा प्रिन्टर्स प्रालि, साइनो छापाखाना प्रालि,हंसवाहिनी प्रिन्टर्स एन्ड पब्लिकेसन प्रालि, सहयात्रा प्रिन्टर्स एन्ड पब्लिसर्स प्रालि,

ओम शिव प्रिन्टिङ प्रेस, सुदिपा ट्रेडिङ कम्पनी प्रालि, स्मति प्रिन्टिङ प्रेस प्रालि,स्वर्गद्वारी अफसेट प्रेस प्रालि, कालिका प्रिन्टिङ एन्ड प्याकेजिङ प्रालि  र चिरायु प्रेस एन्ड पब्लिसिङ प्रालि रहेका छन् ।

सूचीकरण गरिएकामा  मनकामना प्रिन्टर्स एन्ड पब्लिसर्स प्रालि,  श्रीहरि प्रिन्टर्स एन्ड बाइन्डिङ प्रालि, पेपरम्याक्स प्रिन्टिङ एन्ड पब्लिकेसन प्रालि रहेका छन् ।

नवीकृत तथा सूचीकृत फर्म –संस्थाहले कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तकका मुद्रणीय प्रतिको छपाइ अनुमति प्राप्त गर्न यो सूचना प्रकाशन भएको मितिले सात दिनभित्र धरौटी र राजस्व रकम तोकिएको खातामा जम्मा गरी सक्कल भौचर केन्द्रमा पेस गर्नु पर्ने सूचनामा  उल्लेख गरिएको छ ।

नवीकृत फर्मले विगत वर्षमा जम्मा गरेको अद्यावधिक धरौटी भौचरको प्रमाणित प्रतिलिपि र सूचीकृत फर्मले सात दिनभित्र केन्द्रको खातामा  ५ लाख रुपियाँ धरौटीबापत नगद जम्मा गरेको सक्कल भौचर केन्द्रमा पेस गर्नुपर्ने  सूचनामा  उल्लेख छ ।

+2 School
Counseling
Bachelors Portal