SEE Result 2082

नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी एकै दिन पाँचओटा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्ककली प्रमाणपत्र सम्बन्धी एकै दिन पाँचओटा मुद्दा विशेष अदालतमा दर्ता गराएको छ ।

पोखरा महानगरपालिकाका तीन जना कर्मचारी, एक शिक्षक र कान्ति बाल अस्पतालमा कार्यरत नर्सविरुद्ध अख्तियारले प्रमाण सहित मुद्दा दर्ता गराएको हो ।

राष्ट्रिय प्राथमिक विद्यालय, धमौरा, महोत्तरीका प्रा.वि. शिक्षक श्री महन्जी साह, पोखरा महानगरपालिकामा कार्यरत तत्कालीन नगर प्रहरी सहायक निरीक्षक ९सहायकस्तर चौथो) लोक बहादुर कामी, पोखरा महानगरपालिका, नगरकार्यपालिकाको कार्यालय, न्यूरोड कास्कीमा सहायकस्तर चौथो पदमा कार्यरत यमुना श्रेष्ठ, पोखरा महानगरपालिका, नगरकार्यपालिकाको कार्यालय, न्यूरोड कास्कीमा सहायकस्तर चौथो पदमा कार्यरत राम प्रसाद भट्टराई र कान्ति बाल अस्पतालका नर्स एड पवित्रा अधिकारी विरुद्ध अख्तियारले मुद्दा दर्ता गराएको हो ।

अख्तियारले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुरको प्रकृति हेरी बिगो असुलउपर गरी कानुनी कारबाहीको माग सहित मुद्दा दर्ता गराएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा हस्ताक्षरित छुट्टाछुट्टै विज्ञप्तिमा उल्लेख गरिएको छ ।

+2 School
Counseling
Bachelors Portal