SEE Result 2082

केन्द्रले तेस्रो पटक विपन्न लक्षित छात्रवृत्ति फारम भर्न विद्यालयलाई सूचित गर्यो

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले  सामुदायिक विद्यालयहरूलाई तेस्रो पटक  विपन्न लक्षित छात्रवृत्ति  फारम भर्न भराउन निर्देशन दिएको छ ।

आ।व। २०७८–७९ मा सामुदायिक विद्यालयका माध्यमिक तह (कक्षा ९–१२) मा अध्ययनरत विद्यार्थीहरुलाई विपन्न लक्षित छात्रवृत्ति दिने प्रयोजनका लागि कक्षा ८ र कक्षा १० मा अध्ययनरत विद्यार्थीको पीएमटी फाराम भर्न  पुनः म्याद थप गरेको हो ।

केन्द्रले पहिलो पटक  गत फागुन १ गतेको गोरखापत्रमा २०७८चैत्र ३० गतेसम्म फारम भर्ने म्याद राखी सूचना प्रकाशित गरेको थियो । विद्यालयबाट विवरण आउने क्रम जारी भएकाले सोहि मितिबाट लागु हुनेगरी वैशाख ७ गतेसम्म ७ दिनको लागि पहिलो पटक म्याद थप  गरेको थियो ।निर्धारित समयमा सबै विद्यालयले फारम नभरेपछि पुनः दोस्रो पटक आगामी वैशाख ३१ गतेसम्मका लागि फाराम भर्ने म्याद पुनः थप गरेको हो ।

केन्द्रले धेरै विद्यार्थीलाई सो छात्रवृत्ति कार्यक्रममा  सहभागी गराउन विपन्न लक्षित छात्रवृत्ति कार्यान्वयन मापदण्ड, २०७८ को प्रक्रिया पुयाई फाराम भर्ने  निर्देशन दिएको हो । बैशाख ३१ गते भन्दा पछाडि अपलोड भएका भएका फाराम मान्य नहुने केन्द्रले आज जारी गरेको सूचनामा  उल्लेख गरिएको छ । 

+2 School
Counseling
Bachelors Portal