SEE Result 2082

सीटीईभीटीको परीक्षा सञ्चालन तथा व्यवस्थापनका विषयमा अध्ययन गर्न कार्यदल गठन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) को परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धी अध्ययन गर्न एक कार्यदल गठन गरिएको छ ।

कार्यदलको संयोजकमा पूर्वशिक्षा सचिव शङ्कर पाण्डे रहेका छन् । छ सदस्यीय कार्यदलमा शिक्षा मन्त्रालयका पूर्वसहसचिवहरू डा. लेखनाथ पौड्याल, डा. भोजराज काफ्ले, राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्याल तथा सीटीईभीटीका परीक्षा नियन्त्रक उमेशकुमार मिश्र सदस्य रहेका छन् ।

कार्यदलले सीटीईभीटीको परीक्षा कसरी गर्ने भन्ने विषयमा एक महिना भित्र मन्त्रालयमा प्रतिवेदन पेस गर्ने बताइएको छ ।

कार्यदलले सीटीईभीटीको परीक्षा राष्ट्रिय परीक्षा बोर्डबाटै सञ्चालन गर्ने तरिका बारेमा मन्त्रालयलाई सुझाव दिने उद्देश्य रहेको कार्यदलका एक सदस्यले बताए ।

+2 School
Counseling
Bachelors Portal