SEE Result 2082

असार एक गतेदेखि शिक्षकको कासमु फारम भर्नुपर्ने

शिक्षक सेवा आयोगले शिैक्षिक सत्र २०७७ को शिक्षकको कार्य सम्पादन मूल्याङ्कन फाराम असार एक गतेदेखि मसान्त भित्र भरिसक्नुपर्ने गरी सूचित गरेको छ ।

कोरोना महामारीको कारण चालु शैक्षिकसत्र जेठ मसान्तसम्म सञ्चालन गरी आगामी असार एक गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले असार एक गतेदेखि सो फारम भर्न सम्बन्धित सबैलाई सूचित गरेको छ र

शियाना सेवा आयोग नियमावली, २०१७ (संशोधनसहित) को नियम २२ घ, क उपनियम (७) मा सम्बन्धित शिक्षकले शैक्षिक सत्र शुरु भएको मितिले तीस दिनभित्र कार्य सम्पादन मूल्याकन फाराममा आफूले भनु पर्ने विवरण भरी सम्बन्धित विद्यालगमा दर्ता गरी प्रधानाध्यापकलाई बुझाउनु पर्ने व्यवस्या रहेको छ ।

कोभिड १९ को कारण विषम परिस्थिति सिर्जना भई विद्यालयहरुमा पठनपाठन कार्य सञ्चालनमा गतिरोध उत्पन्न भएको कारण नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक सत्र २०७७ को विद्यालय तहको पठनपाठन २०७८ जेष्ठ मसान्तभित्र सम्पन्न गरी आगामी शैक्षिक सत्र २०७८ असार एक गतेबाट शुरु हुने भएकोले शैक्षिक सत्र २०७७ को कार्य सम्पादन मूल्यांकन फाराम आगामी असार एक गतेदेखि भर्नभराउन आयोगले सूचित गरेको हो ।

+2 School
Counseling
Bachelors Portal