SEE Result 2082

आज निःशुल्क विद्यार्थी भर्ना

हिन्दु परम्पराअनुसार आज सरस्वती पूजा श्रीपञ्चमी । लगभग सबै बालबालिकाले आज विहानै सबै विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरेर दिनको सुरुवात गरे । शिशिर ऋतुका दुई महिना माघ र फागुनमा पर्ने भएकाले यसलाई र्श्रीपञ्चमी भनिँदै आएको छ । यसका अलावा आज ससाना बालबालिकालाई अक्षराम्भ गराइँदै आएको छ ।

निजी वा सामुदायिक विद्यालयले आज विद्यालयमा भर्ना हुन आएका विद्यालय भर्ना उमेर समूहका सबै बालबालिकालाई निःशुल्क भर्ना गर्दै आएका छन् । विद्यालयले अभिभावकलाई पत्राचार गरेर वा सूचना टाँस गरी आजबाट अक्षराम्भ गर्ने बालबालिकालाई नर्सरीमा निःशुल्क भर्ना लिँदै आएका छन् ।

तस्वीरः दिनेश केसी

हाम्रो परम्परागत मान्यता अनुरुप आज जुनसुकै कार्यको सुरुवातका लागि अत्यन्तै राम्रो हुने भएकाले आज भर्ना हुन आएका विद्यार्थीलाई निशुल्क लिइने गरेको मेरी गोल्ड इङ्लिस स्कुलका प्रिन्सिपल भूवन श्रेष्ठले बताए । आफ्नो विद्यालयको प्ले ग्रुपमा आज करिब २० जना बालबालिका भर्ना हुन आएको उनले जानकारी दिए ।

तनहुँको व्यास नगरपालिका–१ स्थित तनहुँ ज्ञानगङ्गा बोर्डिङ स्कूलमा मङ्गलबार सरस्वतीको पूजाको दिन बालबालिकालाई अक्षर लेख्न सिकाइँदै । तस्वीर: कृष्ण न्यौपाने, रासस

विद्यालयहरुमा आज विशेष पूजा–आजाका साथ अक्षराम्भ गारउने गरिएको छ । हरेक विद्यालयले आफ्नै परिसरमा र विभिन्न स्थानमा रहेका सरस्वतीका मन्दिरमा आज विशेष पूजा अर्चना गर्ने गरिएको छ ।

+2 School
Counseling
Bachelors Portal