SEE Result 2082

बैठकबाटै त्रिवि कार्यकारी परिषद्को कागजात नेविसंघको नियन्त्रणमा

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्‌को आजको बैठकमा नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिवि इकाइ समितिले हस्तक्षेप गरेको छ । नेविसंघले बैठकलाई हस्तक्षेप गर्दै परिषद्का कागजात नियन्त्रणमा लिएको हो ।

त्रिवि पदाधिकारी शिक्षक तथा कर्मचारीको नयाँ तलबमान निर्धारण, नेपाल कमर्श क्याम्पस मीनभवन पूँजीगत शीर्षक बजेट विनियोजन, विज्ञात तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय प्रभावकारी कार्य सम्पादन, इ–बैंकिङलगायत सात एजेन्डामाथि छलफल गर्न त्रिवि कार्यकारी परिषदको बैठक बसेको समयमा नेविसंघले कागजात नियन्त्रणमा लिएको छ ।

होटल यल्लो पेगोडामा बैठक बसिरहेको समयमा कागजातहरू नियन्त्रणमा लिइएको नेविसंघ त्रिवि इकाइ समितिले जानकारी दियो । नेविसंघले त्रिवि परिसरमै परिषद्को बैठक नबसुन्जेलसम्‍म परिषदका सबै बैठकमा हस्तक्षेप गरी विथोल्ने चेतावनी समेत दिएको छ ।

विद्यार्थीले कागजात नियन्त्रणमा लिएपछि परिषद्का सबै सदस्य होटलबाट भागेका छन् । यस विषयमा त्रिवि कार्यपरिषद्का सदस्यसंग सम्पर्क गर्न खोज्दा कोही पनि सम्पर्कमा आउन चाहेनन् ।

त्रिविमा नेविसंघले गत असार २७ गते विभिन्न पादधिकारी कार्यकक्षमा ताला लगाएको छ । अघिल्लो पटक ताला लगाएको ताला खोलेको एक महिनापछि करिब एक १४० दिनमा ताला खोलेको नविसंघले यो पटक कहिले ताला खोल्ने हो अत्तोपत्तँे छैन । नेविसंघले त्रिवि प्रशासननै वार्तामा आउन नचाहेको, वार्ताका लागि पहल नगरेको आरोप लगाएको छ ।

+2 School
Counseling
Bachelors Portal