SEE Result 2082

एकै व्यक्तिद्वारा ११ विद्यालयमा अक्षयकोष स्थापना

 तेह्रथुम, २३ मंसिर ।

एकै व्यक्तिद्वारा गाउँपालिका सम्पूर्ण शैक्षिक संस्थामा अध्यक्षकोष स्थापना गरेका छन् । आठराइ गाउँपालिकाका ११ वटै शैक्षिक संस्थालाई लक्षित गरी स्थानीय यज्ञ प्रसाद ओलीले आफ्नी आमाको स्मृतिमा ‘गंगामाया डाँगी ओली स्मृति छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेका हुन् ।

तेह्रथुमको पोखरी माध्यमिक विद्यालयमा स्थानीय शिक्षा प्रेमीले २१ लाखको अक्षयकोष स्थापना गरेका छन् । आठराई गाउँपालिका–५, छातेढुंगाको गैरीगाउँ स्थायी घर भई हाल झापाको राजगढ बस्दै आएका ओलीले आठराई गाउँपालिका क्षेत्रका ११ वटै शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीको प्रतिभाप्रस्फुटनमा सहयोग पुर्याउने उद्देश्यले आफ्नो गाउँपालिका भित्रका नौ वटा माविलाई दुई–दुई लाख रुपैयाँ र छातेढुंगाको होडास्थित सरस्वती माविमा एक लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको बताए । 

गरिब तथा जेहेन्दार विद्यार्थीलाई अध्ययन गर्ने थप सहयोग पुर्याओस् भन्ने उद्देश्यले सो गाउँपालिका भित्रका सबै शैक्षिक संस्थालाई निश्चित रकमको छात्रावृत्ति दिएको बताए । ‘विद्यार्थीले आत्माविश्वास बढोस र माथिल्लो तहमा पढ्नका लागि गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग पुर्याउने उद्देश्यले अक्षय कोष स्थापना गरेको हुँ ।’ उनले भने,‘गाउँपालिकाको शैक्षिक प्रवर्धनका लागि सबै स्कुलमा अक्षय कोष स्थापना गरेको हुँ ।’

ओलीले तेह्रथुम बहुमुखी क्याम्पस चुहानडाँडालाई अक्षयकोषका लागि दुई–दुई लाखको अक्षयकोष स्थापना गरेको जानकारी दियो । आठराई गाउँपालिका भित्रका सबै विद्यालयमा अक्षयकोष स्थापना गरेको हुनाले आगामी वर्ष देषि हरेक विद्यालयमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई कोषको व्याज रकमबाट छात्रावृत्ति प्रदान गरिने गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुले बताए । 

+2 School
Counseling
Bachelors Portal