SEE Result 2082

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीलाई कारवाहिको माग

कारबाही नगरिए आयोगको गेटमै आमरण अनशन बस्ने घोषणा

शिक्षा तथा स्वास्थ्य अभियन्ता विजय थापाले यही माघ २२ गतेसम्मपनि राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि लागेको भ्रष्टाचारमाथि छानबिन भएर कारबाही नभए आफू अनशन बस्ने घोषणा गरेका छन् ।

गिरीमाथि भ्रष्टाचार गरेको आरोप लागेपछि आफूहरुले यसअघि घोषणा गरेका सामाजिक बहिष्कारलगायतका कार्यक्रमहरु सफल रुपमा सम्पन्न भएको पनि थापाले जानकारी दिए ।

उनले यही माघ २२ गतेसम्म पनि गिरीमाथि कारबाही नभए आफूले आमरण अनशन सुरु गर्ने चेतावनी दिएका हुन् । उनले भने,‘माघ २२ गतेसम्मप नि गिरीमाथि कारबाही भएन भने म त्यही दिन पत्रकार सम्मेनलको घोषणाा गरेर अनशन बस्छु ।’ उनले आयोगको ढोकैमा अनशन बस्ने जानकारी गराएका हुन् । 

आयोगका उपाध्यक्ष डा. गिरीलाई उन्मुक्ति दिलाउनको लागि विभिन्न प्रपञ्च रचिएको र बि.एण्ड.सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईलाई कानूनी डण्डा देखाएर तर्साउन खोजिएको भन्दै थापाले आपत्ति जनाए ।

उनले भने,‘कारबाही गर्ने हिम्मत भए मलाई गरे हुन्छ ।’उनले अघि भनेका छन्,‘घुस मागेको आरोप लागेका चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरिमाथि कुनै छानबिन नहुने अनि जोसँग घुस मागिएको छ अर्थात (मेडिकल संचालक) जो स्वम पीडित भएँ भनेर न्याय माग्दै छ्न ।

उसैलाई चै कानुनी डन्डा देखाएर तर्साउनेजस्ता क्रियाकलाप झनै रहस्यमय, षड्यन्त्रपुर्ण रहेको ठहर गरेका छौँ। करोड घुस माग्ने चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरि घुस्याहालाई उन्मुक्ति दिन ठुलै प्रपन्च रचियो।’

थापाले विभिन्न ११ बुँदे मागपनि अघि सारेका छन् । उनले अघि सारेको पहिलो मागमा मेडिकल कलेजलाई सम्बन्धन दिन २० (बीस करोड)घुस मागेको आरोपित भ्रष्ट प्रा.डा श्रीकृष्ण गिरीलाई तत्काल बर्खास्त गरि छानबिन गरेर कडा भन्दा कडा कारबाही गरिनुपर्ने रहेको छ । 

+2 School
Counseling
Bachelors Portal