SEE Result 2082

कक्षा ११ को ग्रेडवृद्धि एवम् आंशिक परीक्षा असोज १३ गतेदेखि सञ्चालन हुने (समय तालिका सहित)

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०७८ मा सञ्चालन हुने कक्षा ११ को ग्रेडवृद्धि एवम् आंशिक परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ । बोर्डले आगामी असोज १३ गते देखि सञ्चालन गर्ने भएको छ ।

बोर्डले साधारण (संगीत, ललितकला र संस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समूह तर्फका ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरू (रजिष्ट्रेशन नम्बरका शुरुका दुई अङ्क ७६ वा सोभन्दा कम र ७० वा सोभन्दा बढी भएका) को वार्षिक परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

बोर्डले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम गरी परीक्षा कार्यक्रम सञ्चालन गर्ने एक सूचना जारी गरी जानकारी दिएको छ ।

यो परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था नगरिने बोर्डले जनाएको छ । परीक्षाको समयमा कुनै आकस्मिक विदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचना विना परीक्षा स्थगित नहुने सो सूचनामा उल्लेख गरिएको छ ।

परीक्षाको लागि चाहिने ग्राफ पेपर, चार्ट, गोश्वरा भौचर, बैक नगदी किताब, लगायतका सामग्रीहरु परीक्षार्थी स्वयम्ले लानुपर्नेछ ।

 

+2 School
Counseling
Bachelors Portal