SEE Result 2082

परीक्षा स्थगन तत्काल हुँदैनः राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ को परीक्षा स्थगनका बारेमा तत्काल नसोचिएको बताएका छन् ।

उनले ‘कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षासम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्ब उचित निर्णय गरिनेछ’ भनी ट्विट गरेका थिए । उनको ट्विटका कारण निर्धारित परीक्षा स्थगन हुने हल्लाले सोमबार तरङ्ग सिर्जना गरेको थियो ।

ईडीयूपत्रसँग कुरा गर्दै राज्यमन्त्री श्रेष्ठले तत्काल परीक्षा स्थगन नहुने बताए । “सङ्क्रमण बढ्दै छ । सङ्क्रमण दर बढ्दै गएमा मात्र परीक्षा स्थगन हुनेछ” उनले थपे, “यसबारेमा शिक्षा मन्त्रालयसँग छलफल हुनै बाँकी छ । सो मन्त्रालय र सीसीएमसीसँग छलफल भएर त्यहाँबाट स्थगन गर्नु उचित हुने राय प्राप्त भएपछिमात्र मन्त्रिपरिषद्ले निर्णय गर्नेछ । सो नहुँदासम्म परीक्षा यथावत नै सञ्चालन हुन्छ ।”

उनले परीक्षा सञ्चालन हुन नसके वैकल्पिक विधिका बारेमा सोच्नुपर्ने हुनसक्छ भन्ने प्रतिक्रिया दिए ।

+2 School
Counseling
Bachelors Portal