कक्षा १२ को नतिजा प्रकाशित

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । पहिलो पटक ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशित गरेको हाे ।

गत बैशाखमा संचालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ५ सय ७५ विद्यार्थी सहभागी थिए।

आशिंकतर्फ ३५ दशमलव २ प्रतिशत उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी १ लाख १७ हजार ४ सय १४ मध्ये ४१ हजार ३ सय २५ उत्तीर्ण भएको परीक्षा बोर्डले जनाएको छ।

परीक्षा सकिएको ८१ औं दिनमा नतिजा सार्वजनिक भएको हो।याे वर्ष पहिलाे पटक कक्षा १२ का सबै समूहकाे नतिजा एकैपटक प्रकाशित गर्न गरिएकाे छ।

नतिजा neb.edusanjal.com लग इन गरेर हेर्न सकिने छ। 

एउटा विषयमा डी प्लस वा त्यो भन्दा तल आएमा ग्रेड बृद्धिको परीक्षा दिन सक्ने छन् उक्त परीक्षा भाद्र १६ मा हुनेछ ।नतिजामा चित्त नबुझेमा पुर्नयोग र उत्तरपुस्तिका हेर्न सकिन ब्यवस्था समेत मिलाएको बोर्डले जनाएको छ ।


जरुरी सूचना: 



Degrees offered in nepal
Counseling
Bachelors Portal