SEE Result 2082

स्नातक तहमा अध्ययनरत विद्यार्थीले निशुल्क अनलाइन डाटा प्रयोग गर्न पाउने

स्नातक तहमा अध्ययनरत विद्यार्थीले निःशुल्क अनलाइन डाटा प्रयोग गर्न पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यार्थी वित्तीय सहयोग कार्यक्रम अन्तर्गत विद्यार्थी निःशुल्क डाटा उपभोग गर्न पाउने भएका हुन् ।

सो डाटा प्रयोग गर्न विद्यार्थीले यही २१ गतेभित्र अनलाईन फाराम भर्नु पर्ने शिक्षा तथा मानवस्रोत विकास केन्द्रले एक सूचना मार्फत जानकारी गराएको छ ।

केन्द्रका अनुसार सामुदायिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण भई स्नातक तहमा नियमित रुपमा अध्ययनरत विद्यार्थीहरूलाई निशुल्क अनलाइन डाटा प्रदान गरिने छ ।

‘कोभिड–१९ को महामारीको संकटबाट उच्च शिक्षा अध्ययनरत विपन्न वर्गका विद्यार्थीहरुको समतामूलक पहुँच सम्बन्धमा उत्पन्न समस्या न्यूनीकरण गर्नका लागि यो कार्यक्रम लागु गरिएको हो ।’ केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहाल भन्छन्, ‘विद्यार्थी वित्तीय सहयोग कार्यक्रम कार्यान्वयनका लागि अनलाईन फाराम भरेका विद्यार्थीहरूको क्याम्पसहरूले अनलाइन फाराम समेत अनिवार्य रूजू गर्नुपर्ने छ, क्याम्पसहरूले उक्त प्रयोजनका लागि युजर नेम र पासवर्ड प्राप्त गर्न क्याम्पस प्रमुखको नाम, फोन नं र क्याम्पसको इमेल सहित कार्यक्रमको इमेल ठेगानामा पठाउनु पर्नेछ ।’

 

 

+2 School
Counseling
Bachelors Portal