SEE Result 2082

केन्द्रद्वारा २०७९–८० को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन सार्वजनिक (मार्गदर्शन सहित)

आर्थिक वर्ष २०७९–८० को बजेट कार्यान्वयन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आफ्नो मातहतको निकायलाई निर्देशन दिएको । आर्थिक वर्ष २०७९–८० को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन यो निर्देश्न जारी गरेको हो ।

विनियोजन ऐन, २०७९ आर्थिक वर्ष २०७९–८० का लागि  विभिन्न उपशीर्षकहरूमा छुट्टयाइएको रकमको प्रचलित कानून बमोजिम खर्च गर्ने गराउने, लेखा राख्ने, प्रतिवेदन गर्ने र लेखापरीक्षण गर्नेरगराउने समेतको जिम्मेवारी सहित विनियोजित रकम खर्च गर्न मार्गदर्शन दिएको हो ।

संशोधित मार्गदर्शन अनुसार प्राप्त स्रोतको अधिकतम उपयोग गर्दै खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न निर्देशन दिएको छ ।

समग्र वित्तीय अनुशासन कायम गर्ने उद्देश्य प्राप्तिको लागि बजेट, निकासा, खर्च र नियन्त्रण लगायत वित्तीय उत्तरदायित्व कायम गर्न विनियोजन ऐन, २०७९, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को अनिवार्य रुपमा परिपालन गर्नगराउन निर्देश्न दिएको हो ।

विनियोजन ऐन, २०७९ को दफा ९ को उपदफा (४) बमोजिम बजेट कार्यान्वयन गर्न यो मार्गदर्शन  सार्वजनिक गरेको  छ ।

महालेखा परीक्षकको पछिल्ला प्रतिवेदनहरूमा उल्लिखित विवरण र बेरुजूका दृष्टान्त आर्थिक अनुशासन पालनामा सबै निकायहरू गम्भीर हुनुपर्ने देखिएको हुँदा आर्थिक कारोबार गर्दा प्रचलित कानून अनुसार गर्न र शून्य बेरुजु कायम हुने गरी आर्थिक कारोबार गर्न  केन्द्रले निर्देश्न दिएको छ ।

२०७९–८० को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन 

+2 School
Counseling
Bachelors Portal