SEE Result 2082

कक्षा १–३ मा गणितका थप किकाइ सामग्री वितरतण गर्न निर्देशन (स्थानीय तह सहित)

कक्षा १–३ मा पढाइ तथा गणित क्षेत्रका थप सिकाइ सामग्री छपाइ तथा वितरणका लागि ३०२ स्थानीय तहलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वित्तीय हस्तान्तरण गरेको छ ।

आव २०८०–८१ विद्यालय क्षेत्र शिक्षा योजना अन्तर्गत ससर्त अनुदानमा स्थानीय तहमा वित्तीय हस्तान्तरण भएको विद्यालयमा शैक्षिक गुणस्तर सुदृढीकरण एवम् कार्यसम्पादनमा आधारित प्रोत्साहन अनुदान अन्तर्गतको उपक्रियाकलाप कक्षा १(३ मा पढाइ तथा गणित क्षेत्रका थप सिकाइ सामग्री छपाइ तथा वितरण को कार्यक्रम कार्यान्वयनका लागि वित्तीय हस्तान्तरण गरेको हो ।

आव २०८०–८१ को कार्यक्रम कार्यान्वयन पुस्तिकामा भएका १०२ स्थानीय तह सहित जम्मा ३०२ ओटा स्थानीय तहमा इमिस् (द्दण्डण् को अभिलेख अनुसारका विद्यालय सङ्ख्याका आधारमा प्रतिविद्यालय रू ९ हजारका दरले कार्यक्रम तथा बजेट विनियोजन गरेको छ ।

सो कार्यक्रमबाट यस केन्द्रको चन २८९ मिति २०८०–९–१२ को पत्रानुसार पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत भएबमोजिमका गणित र पढाइ क्षेत्रका थप सिकाइ सामग्रीहरू कक्षागत रूपमा कम्तीमा एक–एक सेट छपाइ गरी कक्षा १ देखि ३ का विद्यार्थीहरूले प्रयोग गर्न पाउने व्यवस्था मिलाउन केन्द्रको हिजोको निर्णयानुसार निर्देशन दिएको छ ।

विस्तृत विवरणका लागि यहाँ क्लिक गर्नुहोस्ः

+2 School
Counseling
Bachelors Portal