SEE Result 2082

उच्च तहका शोधार्थीले अनुसन्धान वृत्तिका लागि ४५ दिन भित्र आवेदन दिनुपर्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च शिक्षामा शोध तयार गर्नेलाई वृत्तिकालागि आवेदन माग गरेको छ ।

आयोगले स्नातकोत्तर, दर्शनार्थी र विद्यावारिधि तहमा अध्ययनरत विद्यार्थी–शोधार्थीहरूलाई भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका क्षेत्रमा अनुसन्धान–वृत्तिका लागि आवेदन माग गरेको हो ।

आयोगले आर्थिक वर्ष ०७९–८० मा विश्वका कुनै पनि मान्यता प्राप्त विश्वविद्यालय तथा आङ्गिक क्याम्पसहरूमा स्नातकोत्तर, दर्शनार्थी र विद्यावारिधि तहमा अध्ययनरत २–२ जना गरी जम्मा ६ जना शोधार्थी–विद्यार्थीलाई भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनका क्षेत्रमा अनुसन्धान–शोध गर्न अनुसन्धान वृत्ति मार्फर्त क्रमशः रु. १ लाख, १ लाख ५० हजार र २ लाख ५० हजारका दरले उपलब्ध गराउने भएको छ ।

आयोगले ४५ दिनभित्र आयोगको वेबसाइट मार्फत रीतपूर्वक अनलाइन आवेदन दिन सूचनाजारी गरेको छ । आवेदन फाराम र अनुसन्धान वृत्ति सम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइट बाटट प्राप्त गर्न सकिनेछ ।

आवेदक विश्वका कुनै पनि देशका मान्यताप्राप्त विश्वविद्यालय तथा तिनीहरूका आंगिक क्याम्पसहरूमा स्नातकोत्तर, दर्शनाचार्य वा विद्यावारिधि अध्ययनरत रहेको हुनुपर्ने, सोधपत्र तयारी गर्नुपर्ने बर्ष वा सेमेष्टर सुरु भए पश्चात मात्र यस अनुदानमा आवेदन गर्न सकिने, आवेदक नेपाली नागरिक हुनुपर्ने, आवेदकले नेपाली नागरिक रहेको एवं अन्य कुनै देशको आवासीय अनुमति नलिएको वा लिने प्रक्रिया सुरु नगरेको स्वः धोषणा गर्नुपर्ने, आवेदकको अध्ययनको संकायर विभाग जुनसुकै भएतापनि अनुसन्धान शोधकार्यको मूल विषय सदाचाररसुशासन प्रवर्द्धन वा भ्रष्टाचार नियन्त्रण सम्बन्धी हुनुपर्ने, अनुसन्धान शोधकार्यका लागि सोधकर्तालाई विश्वविद्यालयले तोकेको निर्देशक, सल्लाहकार वा सम्बन्धित संकायको आधिकारिक सिफारिस मान्य हुने, स्नातकोत्तर र दर्शनाचार्यको हकमा आयोग र सोधार्थीबिच सम्झौता भएको मितिले २ वर्ष र विद्यावारिधिको हकमा आयोग र सोधार्थीबिच सम्झौता भएको मितिले ४ वर्षभित्र अनुसन्धान ुशोधकार्य पूरा गर्नु पर्ने लगायतका सर्तसहित आयोगले वृत्तिप्रदान गर्न लागेको हो ।

विस्तृत विवरणका लागि यहाँ क्लिक गर्नुहोस्ः

+2 School
Counseling
Bachelors Portal