ऋत एकेडेमी द्धारा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

भाद्र  ऋत एकेडेमी कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुलाई स्वागत तथा कक्षा १२ पास गर्ने विद्यार्थीलाई विदाई कार्यक्रम जमल स्थित राष्ट्रिय नाचघरमा  सम्पन्न भएकोे छ ।

 एस.इ.इ पास गरेर कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई एकेडेमीले स्वागत गरेको हो भने १२ पास गरेर जाने विद्यार्थीहरुको लागि उच्च शिक्षा हासिल गर्न शुभकामना संग संगै विदाई गरेको एकेडेमीले जनाएको छ । 

हरेक बर्ष हुने यस्तो कार्यक्रमले विद्यार्थी र शिक्षक विचमा समुधुर सम्बन्ध रहेको र नयाँ आउने विद्यार्थी र अन्य विद्यार्थी विच पनि राम्रो सम्वन्ध रहेको एकेडेमीले जनाएको छ ।

कार्यक्रममा विभिन्न सास्कृतिक प्रस्तुती हरु पनि भएका थिए । कार्यक्रममा सहभागी विद्यार्थी हरुले आ आफ्नो विभिन्न  प्रस्तुती प्रस्तुत गरेका थिए।

पब्लिक स्पिकिङ कार्यक्रम सीजन २ को क्वाटर फाईनल राउण्डमा पुग्न सफल छात्रा उत्सुकता सुवेदी ऋत एकेडेमी कक्षा १२ मा अध्यायनरत छात्रा हुन । छात्रा सुवेदीले डिप्रेशनमा जाने र पु¥याउने को लागि खबरदारि को आवाज  क्वाटर फाईनल राउण्डमा बोलेकी थिईन्। 

Degrees offered in nepal
Counseling
Bachelors Portal