SEE Result 2082

आज तीन जनालाई सम्मान गर्दै केयू, २९ औं दीक्षान्त समारोहमा १८३८ जना दीक्षित हुने

काठमाडौं विश्वविद्यालय (केयू)ले ३२औं स्थापना दिवसको अवसरमा आज तीन जनालाई अभिनन्दन गर्ने भएको छ ।

आज सञ्चालन गर्ने स्थापना दिवस समारोहमा केयुको चिकित्साशास्त्र विभागका संस्थापक डिन डा। नरेन्द्र बहादुर राणा, जर्मन कला साधक तथा काठमाडौं विश्वविद्यालयको स्कुल अफ आर्टसको सङ्गीत विभागका संस्थापक विभागाध्यक्ष प्राध्यापक गर्ट माथियास वेग्नर र पूर्व सभामुख दमननाथ ढुङ्गानालाई सम्मान गरिने प्रवक्ता एक्कुमाया पुनले जानकारी दिइन् ।

समारोहमा डा। न्हुछेरत्न तुलाधरको पुस्तक समेत विमोचन हुने भएको छ ।

१८३८ विद्यार्थी दीक्षित हुने

मसिर २७ गते हुने केयुको २९ औं दीक्षान्त समारोहको पहिलो चरणमा १ हजार ८३८ विद्यार्थी दीक्षित हुने भएका छन् ।

दीक्षित हुनेमा ११३ जना विदेशी विद्यार्थी रहेका छन् । भारत, श्रीलङ्का, र मालदिभ्स लगायतका विद्यार्थी रहेको प्रवक्ता पुनले जानकारी दिइन् ।

प्रवक्कता पुनका अनुसा। पिएचडी, डिएम र एमसिएच तहका १८ जना, एमफिल तहका ३८ जना, स्नातकोत्तर तहका ३१४ जना, पीजीडीका ५२ जना र स्नातक तहका १ हजार ४ सय १६ जना विद्यार्थी रहेका छन् ।

ती मध्ये मेडिकल साइन्सका ७७७ जना, व्यवस्थापनका ४४८ जना, शिक्षाका २२५ जना, मानविकीका २०९ जना, विज्ञान समूहका १० १ जना, इन्जिनियरिङका ३९ जना, र कानुनका ३९ जना, दीक्षित हुने भएका हुन् ।

स्कुल अफ इन्जिनियरिङ अन्तर्गत मास्टर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स तर्फ १ जना र स्कुल अफ मेडिकल साइन्स अन्तर्गत मास्टर अफ साइन्स इन मिडवाइफ्री नर्सिङमा ८ र स्कुल अफ एजुकेसन तर्फ मास्टर इन हाई हर एजुकेसन मा ९ जना दीक्षित हुने विश्वविद्यालयले जानकारी दियो ।

+2 School
Counseling
Bachelors Portal