SEE Result 2082

खुला प्रतियोगिताका लागि गरिएको विज्ञापनमा कुन विषयमा कति शिक्षक माग ? (विज्ञापनसहित)

शिक्षक सेवा आयोगले आज गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला तर्फको वर्षको रिक्त ३७० दरबन्दी र चैत्र मसान्त सम्मको अन्तिमसम्ममा रिक्त हुने ३१६ दरबन्दी गरी ६८६ दरबन्दी पदपूर्तिका लागि विज्ञापन गरेको छ ।

आयोगले नेपाली विषयका लागि १११, अङ्ग्रेजीका लागि ८४, गणितका लागि २०८, विज्ञानका लागि १९१, सामाजिक अध्ययनका लागि ५४, अर्थशास्त्रका लागि ८,कार्यालय सञ्चालन तथा लेखा १५, शिक्षाका लागि १,स्वास्थ्य शिक्षाका लागि १, शुक्लयजुर्वेद १, संस्कृत व्याकरण३, संस्कृत भाषा७, कम्प्युटर विज्ञान १ र संस्कृत साहित्यका लागि १ रिक्त दरबन्दीका लागि विज्ञापन गरेको छ ।

आयोगले आगामी चैत १८ गते दिउसो १ बजे परीक्षा सञ्चालन गर्ने भएको छ । आयोगले विषयगत लिखित परीक्षाको मिति भने सामान्य परीक्षाको नतिजा प्रकाशन भएपछि सार्वजनिक गर्ने सूचनामा उल्लेख गरेको छ ।

आयोगले प्रदेश १ का लागि परीक्षा केन्द्र मोरङ, मधेश प्रदेशका लागि धनुषा, बागमती प्रदेशको मकवानपुर, गण्डकीको कास्की, लुम्बिनी प्रदेशको दाङ, कर्णालीको सूर्खेत र सुदुर पश्चिम प्रदेशको कैलाली जिल्लामा परीक्षा केन्द्र सञ्चालन गर्ने भएको छ ।

इच्छुक उम्मेद्वारले आजदेखि माघ २४ गते सम्म नियमित शुल्कमा र फागुन २ गतेसम्म बिलम्ब शुल्कमा अनलाइन आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

विज्ञापन हेर्नुहोस्ः

+2 School
Counseling
Bachelors Portal