SEE Result 2082

शैक्षिक सुशासन कायम गर्ने अभियानमा इम्पेटस

सुर्खेत, २२ मङ्सिर (रासस) ः सामुदायिक विद्यालयमा शैक्षिक सुशासन कायम गर्ने उद्देश्यले काठमाडौँको इम्पेटस टक्नोलोजी नेपाल प्रालिले कर्णाली प्रदेशमा कार्य प्रारम्भ गरेको छ । 

प्रालिका प्रबन्ध निर्देशक जीवन गुरागाईंले शैक्षिक सुशासन, पारदर्शिता र जवाफदेहीता कायम गर्न नयाँ सफ्टवेयरको विकास गरिएको बताउनुभयो । “हामीले सूचना प्रविधि प्रयोग गरी सामुदायिक विद्यालयको व्यवस्थापन र शैक्षिक गुणस्तरमा सुधार ल्याउने पद्धति विकास गरेका छौँ”, उहाँले भन्नुभयो, “परम्परागत शैक्षिक पद्धतिलाई आधुनिक प्रविधिबाटै अनुगमन गर्छौँ ।” 

उहाँले भन्नुभयो, “ पहिलो पटक विद्यार्थी विवरण अनुसन्धान तथा विश्लेषण र शैक्षिक स्रोत कार्यक्रम’ नामक पद्धति निर्माण गरेका छौँ ।” सो बमोजिम स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरी विद्यालयको शैक्षिक सुधारका लागि काम अघि बढाइने उहाँले बताउनुभयो । 

निर्देशक गुरागाईंका अनुसार प्रदेश नं १, २, ५ र कर्णाली प्रदेशमा सम्पर्क कार्यालय स्थापना गरेको इम्पेटस टेक्नोलोजीले हालसम्म दर्जन बढी स्थानीय तहसँग समन्वय गरी सयभन्दा बढी विद्यालयमा उक्त पद्धतिलाई प्रयोगमा ल्याइसकेको छ। 

उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत रविन कोइरालाले यो पद्धतिको प्रयोग भएपछि अभिभावकले घरमै बसेर आफ्नो बच्चा विद्यालय पुग्यो÷पुगेन, हाजिर तथा गृहकार्य ग¥यो÷गरेन भनेर थाहा पाउन सक्ने र घरमै बसेर शिक्षक तथा जनप्रतिनिधिलाई समेत सुझाव दिनाका साथै शिक्षकले विद्यालयमा हाजिर र गृहकार्य जाँच गरे नगरेकोसमेत थाहा पाउन सकिने बताउनुसभयो । 
प्रमुख कार्यकारी अधिकृत कोइरालाले भन्नुभयो, “पद्धतिमा विद्यार्थीको हरेक दिनको गतिविधि राखिने भएकाले अभिभावकले चाहेको अवस्थामा विश्वको जुनसुकै ठाउँबाट डाटा प्रयोग गरेर हेर्न सक्नेछन् ।” यसले विद्यार्थीको स्वास्थ्य अवस्था, भाषागत शुद्धता, अनुशासन, सिकाइ क्षमता, अतिरिक्त क्रियाकलापमा रुचि तथा सहभागिता, बहुप्रतिभा तथा परीक्षाको प्राप्ताङ्कसहितलाई विश्लेषण गरेर मूल्याङ्कन पनि गर्न सकिने उहाँले जानकारी दिनुभयो । 

यो प्रविधिबाट जनप्रतिनिधिले समेत आफ्नो कार्यालयमै बसेर नगर तथा गाउँपालिकाभरिका विद्याथी तथा शिक्षकको उपस्थितिलगायत गतिविधि अनुगमन गर्न सक्ने उहाँको भनाइ थियो । प्रमुख कार्यकारी अधिकृत कोइरालाका अनुसार यो सफ्टवेयरको प्रयोगबाट विद्यार्थी सङ्ख्या बढी देखाएर विभिन्न सेवासुविधा लिने प्रवृत्ति पनि अन्त्य हुनेछ । 

+2 School
Counseling
Bachelors Portal