SEE Result 2082

केन्द्रीकृत विद्युतीय  हाजिरी प्रणाली प्रयोगमा ल्याउने

 

त्रिभुवन विश्वविद्यालय र सूचना प्रविधि विभाग विच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।त्रिविका आन्तरिक कार्य प्रणाली र सेवा प्रवाहलाई विद्युतीय सेवाको रुपमा प्रदान गराउने उद्देश्यले केन्द्रीकृत विद्युतीय  हाजिरी प्रणाली प्रयोगमा ल्याउन सम्झौता भएको हो ।

त्रिविका तर्फवाट कर्मचारी प्रशासन महाशाखा प्रमुख भिम बहादुर श्रेष्ठ र सूचना प्रविधि विभागका तर्फवाट महानिर्देशक प्रेमशरण श्रेष्ठद्धारा हस्ताक्षर गरिएको समझादारी पत्रमा हस्तक्षर गरेका छन् ।प्रथम पक्षको रुपमा सूचना प्रविधि विभागले दोस्रो पक्षको रुपमा त्रिभुवन विश्वविद्यालयलाई र्सोस कोड सहित केन्द्रीकृत विद्युतीय हाजिरी प्रणाली उपलब्ध गराउने, उक्त सफ्टवेयरलाई त्रिविले होस्टिङ गर्ने, सफ्टवेयरको समयानुकुल परिमार्जन, सेक्युरिटी मोनिटरिङ तथा सर्पोटको दायित्व त्रिविको रहने सम्झौतापत्रमा उल्लेख गरेको छ ।

उक्त सफ्टवेयरको कार्यान्वयन त्रिविले गर्ने र त्रिवि अन्तर्गतका निकायमा सफट्वेयर सञ्चालनका लागी आवश्यक पर्ने हार्डवेयर तथा उपकरणको व्यवस्था त्रिविले नै गर्नुपर्ने, त्रिविमा कार्यरत मानव संशाधनलाई आवश्यकता अनुसार तालिम व्यवस्था गर्दा लाग्ने शुल्कको दायित्वले स्वय वेर्होनुपर्ने, त्रिविले सूचना प्रविधि विभागलाई कार्यप्रगति विवरण उपलब्ध गराउनु पर्ने र आवश्यक सूचना प्रणालीको विकास,विस्तार र अनुन्धानमा विश्वविद्यालयले सहयोग र सहकार्य गर्ने विषय उल्लेख गरिएको छ । 

+2 School
Counseling
Bachelors Portal