SEE Result 2082

शिक्षक सेवा आयोगले लिने परीक्षामा प्रवेशपत्र सहित परिचय खुल्ने प्रमाणपत्र बोक्नुपर्ने

शिक्षक सेवा आयोगले लिने परीक्षामा सहभागी परीक्षार्थीले प्रवेशपत्र सहित परिचय खुल्ने प्रमाणपत्र लिएर जानु पर्ने नियम बनाएको छ ।

शिक्षक सेवा आयोगले चैत १५, १७, १९ र २१ गते सञ्चालन गर्न लागेको खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षामा सहभागी हुने विद्यार्थीले परीक्षा दिन जाँदा प्रवेश परीक्षा संगै परिचय खुल्ने प्रमणपत्र लिएर जानु पर्ने नियम बनाएको हो ।

करिब पाँच वर्ष पछि सञ्चालन गर्न लागेको खुला तथा आन्तरिक प्रतियोगितामा पहिलो पटक यस्तो व्यवस्था गरेको छ । खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाका उम्मेद्वारले प्रवेश परीक्षाको साथमा परिचय खुल्ने नागरिकता प्रमाणपत्र वा अध्यापन अनुमतिपत्र लिएर जानु पर्ने आयोगले जानकारी दियो ।

उम्मेद्वारले प्राप्त गरेको प्रवेश पत्रमा उम्मेद्वारको परिचय विवरणमा केही अस्पष्टता देखिएको गुनासो आएकोले सबै परीक्षार्थीलाई प्रवेश पत्रसँगै परिचय खुल्ने प्रमाणपत्र पनि लिएर जानुपर्ने व्यवस्था गरिएको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले बताए ।

आयोगले खुलातर्फ माध्यामिक तहमा एक हजार ४२, निम्न माध्यामिक तहमा एक हजार ९१३ र प्राथमिक तहमा नौ हजार ६०१ रिक्त दरबन्दीमा शिक्षक छनोटका लागि परीक्षा लिँदैछ । मावि तहको परीक्षा १५ गते, निम्न माध्यामिक तहको १७ गते, प्राथमिक तहको १९ गते र आन्तरिक बढुवातर्फको २१ गते परीक्षा सञ्चालन गर्दै छ ।

+2 School
Counseling
Bachelors Portal