SEE Result 2082

पहिलो वर्ष चार संकायको परीक्षामा दुई भाषाको प्रश्नपत्र निर्माण गरिने

त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक वर्षदेखि स्नातक तहका पहिलो सेमेष्टर तथा वर्षको परीक्षामा सबै विषयमा दुई भाषाको प्रश्नपत्र निर्माण गर्ने भएको छ ।

 प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्ने निर्णय गरेको छ।

त्रिवि प्राज्ञिक परिषद्काृ निर्णयअनुसार सबै सङ्कायहरूका स्नातक तहका प्रश्नपत्रहरू अब अङ्ग्रेजी र नेपाली दुवै भाषामा तयार गरिने भएको हो ।

यो नयाँ व्यवस्था पहिलो वर्षको परीक्षा, विशेषगरी शिक्षाशास्त्र, मानविकी, व्यवस्थापन, र कानुन सङ्कायमा लागु हुने शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले जानकारी दिइन् ।

यो नियम दोस्रो, तेस्रो र चौथो वर्षमा पनि विस्तार गरिने जनाइएको छ।  मन्त्री भट्टराईले उक्त कुरालाई सामाजिक सञ्जालमार्फत जानकारी दिँदै यो कदमले विद्यार्थीहरूलाई थप सहजता प्रदान गर्ने र परीक्षाको निष्पक्षतामा सुधार ल्याउने बताएकी छिन्।

+2 School
Counseling
Bachelors Portal