SEE Result 2082

दोस्रो त्रैमासिकमा शिक्षाका अधिकांश योजनाको ५० प्रतिशत सम्म पनि काम भएन (प्रगति प्रतिवेदन सहित)

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७८–७९ को दोस्रो त्रैमासिकसम्म अधिकांश आयोजनाको काम   ५० प्रतिशत भन्दा कम प्रगति हासिल गरेका छन् ।

युनेस्कोको निम्ति ने रा आयोग, सवैका लागि शिक्षा शिशु विकास कार्यक्रम,  शिक्षाको लागि खाद्य कार्यक्रम, राष्ट्रिय परीक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, शिक्षक सेवा आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको  प्रगित ५० प्रतिशत सम्म हुन सकेको छैन ।

त्यसैगरी,व्यावयिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना( दोस्रो, विद्यालय क्षेत्र विकास कार्यक्रम ९केन्द्र०, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, चिकित्सा शिक्षा आयोग, उच्च शिक्षा सुधार परियोजना,शैक्षिक परीक्षण केन्द्र, विद्यालय शिक्षक किताव खानाको प्रगति ५० प्रतिशत भन्दा कम रहेको छ ।

मन्त्रालयले हालै सार्वजनिक गरेको दोस्रो त्रैमासिक प्रगति प्रतिवेदनमा  उल्लेख  गरिए अनुसार कोभिडका कारण तालिम तथा सीप परीक्षण सञ्चालन हुन नसकेको, विपन्न लक्षित छात्रवृत्ति वितरण हुन नसकेको,  बजेट तथा कार्यक्रम परिमार्जन गरिएको हुदा कार्यक्रम सम्पन्न हुने क्रममा रहेका कारण प्रगति हुन नसकेको उल्लेख गरिएको छ ।

त्यसैगरी परियोजना पूर्ण रूपमा शुरु नभएको जस्ता कारण यी परियोजनाले उपलब्धि हासिल गर्न नसकेको प्रतिवेदनमा  उल्लेख गरिएको छ ।

त्यसैगरी मन्त्रालयले जारी गरेको प्रगति प्रतिवेदनमा  कक्षा ४, ५, ९ र १० को पाठ्यक्रम सुधार भई स्वीकृत भएको, कक्षा ४, ७ र ९ को पाठ्यपुस्तकको पिआरसी विकास भई छपाइको क्रममा रहेको, निजी लेखक तथा प्रकाशकका ५२१ वटा पाठ्यसामग्री स्वीकृत गरिएको उल्लेख गरेको छ

शिक्षा  मन्त्रालयले  यो आर्थिक वर्षको दोस्रो त्रैमासिकमा विदेशका  विभिन्न शिक्षण संस्थाबाट अध्ययन गरेर आएका  ६ हजार, ४२२ जनालाई विद्यालय शिक्षाको समकक्षता प्रदान गरेको छ ।

प्राविधिक तथा व्यावसायिक धारतर्फ माध्यमिक तहका पाठ्यक्रम विकास कार्य अन्तिम चरणमा रहेको प्रतिवेदनमा  उल्लेख छ ।

त्यसैगरी  जनक शिक्षाबाट बार्षिक लक्ष्यको ४५.२७ प्रतिशत पाठ्यपुस्तक छपाईको कार्य सम्पन्न भएकोउल्लेख गरिएको छ ।

दोस्रो त्रैमासिक प्रगति प्रतिवेदन

+2 School
Counseling
Bachelors Portal