SEE Result 2082

फागुन एक गतेदेखि विद्यालय सञ्चालन गर्न केन्द्रको एकाईलाई निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा) ले फागुन एक गतेखि विद्यालय सञ्चालन गर्ने ७७ ओटै शिक्षा विकास तथा समन्वय एकाईलाई निर्देशन दिएको छ । केन्द्रले हिजो एक सूचना जारी गरी यस्तो निर्देशन दिएको हो ।

सरकार कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रको माघ २३ को सिफारिसमा ‘विश्वविद्यालय, विद्यालय, ट्युशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी २०७८ फाल्गुण १ गतेबाट सञ्चालन गर्ने । विद्यालय सञ्चालन गर्दा १२ वर्ष पुरा भएका विद्यार्थीका हकमा नियमित रुपमा तथा १२ वर्ष पुरा नभएका विद्यार्थीका हकमा आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्थाका लागि गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गर्ने ।’ निर्देशन आएको छ ।

सोही अनुसार नै कार्यान्वयनको लागि आवश्यक व्यवस्था मिलाउन सबै एकाईलाई भोलिदेखि विद्यालय सञ्चालन गर्न निर्देशन दिएको हो ।

+2 School
Counseling
Bachelors Portal