SEE Result 2082

कक्षा १–१२ लाई दिवा सत्रमा पढाउन देवदह नगरपालिकाको निर्देशन

देवदह नगरपालिकाले कक्षा ११–१२ दिवा सत्रमा सञ्चालन गर्न विद्यालयलाई निर्देशन दिएको छ ।

नगर कार्यपालिकाले कक्षा ११ र १२ सञ्चालित सामुदायिक एवं संस्थागत विद्यालयलाई राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार शिक्षण गर्नुपर्ने हुँदा दिवा सत्रमा नै सञ्चालन गर्न निर्देशन दिएको हो ।

कक्षा ११–१२ का लागि स्वीकृत पाठ्यक्रममा तोकिएको पाठ्यभार–कार्यघण्टा र विषयवस्तुहरु बिहानी सत्रमा मात्र कक्षा सञ्चालन गर्दा पूरा समय पठनपाठन नहुन हुँदा दिवा सत्रमा नै पठापाठन गराउन निर्देशन दिएको शिक्षा शाखा प्रमुख टीकाराम शर्माले जानकारी दिए ।

देवदह नगरसभाबाट यस अघि सम्पूर्ण कक्षा दिवा सत्रमा नै सञ्चालन गर्ने गरी भएको वैशाख १५ गतेको बैठकबाट समेत निरन्तरता दिने निर्णय भएकोले नगरभित्रका सम्पूर्ण विद्यालयले (कक्षा १–१२ सम्म) दिवा सत्रमा अनिवार्य रुपमा सञ्चालन गर्न–गराउनु निर्देशन दिएको छ ।

+2 School
Counseling
Bachelors Portal